Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खेल्दै, केही सिक्दै

Published on 1:30:00 PM //

शिबलाल सुबेदी
गुल्मी । कक्षा कोठाको बाहिरपट्टी मिलाएर राखिएका जुत्ता चप्पलहरु । कक्षा कोठाभित्र भुईमा बाक्लो कार्पेट बिछाइएको छ । कोठाको चारै तिर भित्तामा बिभिन्न थरीका चित्रहरु । एउटा छेउमा कालोपाटी र अर्कोछेउमा बिभिन्न चित्रहरुले भरिभराउ किताव । साना साना बालवालिकाहरु एकातिर खेलीरहेका छन त कोही पढीरहेका तथ चित्रहरु हेरीरहेका र कोही एकातीर कुनामा सुतिरहेका बालबालिकाहरु । देख्दा पनि त्यहीँ बसौँ बसौँ लाग्ने रमाईलो त्यो दृश्य ।

गुल्मीको सदरमुकाम तम्घास हस्पिटल लाईनमा खोलीएको ब्रिलेन्ट युनाईटेड एकेडेमीको रमाईलो दृश्य हो यो । जिल्लामै पहिलो पटक बालबालिकाहरुलाई मन्टेश्वरी पद्धतीबाट पठन पाठन गराउनका लागि खोलीएको बिद्यालय हो । उक्त बिद्यालयमा सबै साना साना बालवालिकाहरु रहने कक्षाकोठामा जो कोही पनि प्रवेश गर्दा ति बालवालिकाहरुले उठेर एकै स्वरमा नस्कार गदै सत्कार गर्ने गर्दछन । बिद्यालय जान मन नगर्ने बालवालिकाहरुलाई भनेर खोलिएको उक्त ब्रिलेन्ट युनाईटेड एकेडेमी अहिले सबै वालवालिकाहरुको आर्कषणको केन्द्रबिन्दु बनेको छ । बिद्यालय जाने उमेर भन्दा पहिले नै खेल्दै केही सिकाउने उद्देश्यले खोलीएको उक्त कक्षाले सदरमुकाम तम्घास लगायत छिमेकी गाविस अर्खले, सिमीचौर गाविसका साना साना बालवालिकाहरुको मन जितेको छ ।
सानो उमेरका आमा–बाबाबाको काख छाडेर कतै जान मन नगर्ने नानीहरुलाई कक्षाकोठाको त्यो रमाईलो दृश्यले दिनभर भुलाउछ । पहिलो दिन बाबाआमासँगै त्यहाँ जान आनाकानी गर्ने ती बालवालीकाहरु एक दिन त्यो कक्षा कोठामा रमाउदाँ अर्कोदिन आफै जान हतारिन्छन । बिद्यालय जान तथा घरमा समेत पढनलेख्न अटेर गर्ने त्यहाँ पुगेपछि रमाई–रमाई केही सिक्ने बानीको राम्रो विकास हुने प्ले गुप्रकी शिक्षीका सीता पाण्डेले बताउनुभयो ।
कक्षामा बालबालिकाहरुलाई मन पर्ने उनीहरुको रुचीअनुसार खेल्ने, बिभिन्न चित्र कोर्ने, सुत्ने, बोल्ने अभ्यास गराइन्छ शिक्षिका पाण्डेले गुल्मीन्युज डट कमसँग भन्नुभयो । अहिले प्ले गुप्रमा ५० जना नानीबाबुहरु रहेका छन दिनभर उनीहरुसँग खेल्दै सिकाउँदै गर्दा समय गएको थाहा नै हुँदैन उहाँले बताउनुभयो । उनीहरुको रुचीअनुसारको सबै बातावरण भएकाले पनि बालबालिकाहरु यस प्रति आकर्षित भएका हुन । हरेक क्रियाकलापहरु बलबालिकाकै सहभागीतामा प्रयोगात्मक रुपमा चित्रहरु देखाएर र आफै गर्न लगाए पनि झन्झट नमानी सिक्ने कुराको बानी परेको प्रिन्सिपल बिष्णु प्रसाद भण्डारीले बताउनुभयो ।
बालवालिकाहरुको मनोभावना अनुसार शिक्षीकाहरुले साना–साना नानीबनबुहरुलाई खेलाउँदै, सिकाउँदै गर्नुहुन्छ पिन्सीपल भण्डारीले भन्नुभयो । शूरुका एक दुई दिन घरबाट त्यहाँ पु¥याएर आउदाँ रुने तथा पछि लाग्ने गर्थ्यो तर अहिले आफै बिद्यालय जान हतार हुन्छ भर्खर आफ्नो छोरालाई उक्त एकेडेमीमा पठाउन थालेकी सदरमुकाम तम्घासकी लक्ष्मी गौतमले भन्नुभयो ।
दिनभर रमाइलो गर्दै खेल्दैसिक्दै गर्न पाएपछि साझँ घरमा आएर दिनभर साथीहरुसगँ रमाइलो गर्दै खेलेका र पढेका सबै कुरा छोराले खुसी हुदै भन्छ उहाँले खुसी ब्यक्त गर्नुभयो  । केही दिनमै आफ्नो छोरामा आएको परिर्वतन देखेर बिष्णु दंग हुनुभएको छ । बिहान १० बज्न नपाउँदै स्कुल बस घरघरमा आउने तथा साझँ घर घरमा पुयाउन जाने हुदाँ पनि धेरै सजिलो भएको अभिभावकहरु बताउँछन । यता ब्रिलेन्ट युनाईटेड एकेडेमीमा ४ सय बिद्याथीहरु रहेको सञ्चालक सदस्य गुणानिधी शर्माले जानकारी दिनुभएको छ । हामी बिद्यार्थी सख्या बढी भन्दापनि गुणस्तर शिक्षालाई जोड दिएका छौ त्यस कारण पनि बिद्यार्थी सख्या केही कम भर्ना गराएका हौ शर्माले भन्नुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग