Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पल्लीकोट घरभित्रको धुवाँरहित र खुल्ला दिशामुक्त गाविस घोषणा

Published on 10:02:00 PM //

शिबलाल सुबेदी
गुल्ली २३, जेठ । जिल्लाको पल्लीकोट गाविस घरभित्रको धुवाँ रहित तथा खुल्ला दिशामुक्त गाविस घोषणा भएको छ ।
गाविसलाई सरसफाई राख्नका लागि पल्लीकोटलाई बिहीवार एक कार्यक्रममा बिच घर भित्रको धुवाँ रहित तथा खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको हो । अधिकाशं मगर र दलितको बसोवास रहेको उक्त गाविसका ६ सय ४० घरधुरिमा सुधारिएको चुलो तथा शौचालय निमार्ण भएका छन । गाविसलाई घरभित्रको धुवाँ रहित तथा खुल्ला दिशामुक्त गाविस घोषणा गरिएपछि गाविसवासीहरुमा खुसीयाली छाएको छ ।
धुवाँ नआउने चुलो हुन्छ भनेको सुन्दा अचम्म लागेको थियो तर अहिले आफै सुधारिएको चुलो बनाएर प्रयोग गर्न थालेपछि खुसी लागेको छ पल्लीकोट ९ की चन्द्रकला सिजालीले भन्नुभयो । घरमा आधुनिक चुलो बनएर खाना बनाउदाँ खुसी लागेको छ, पहिले पहिले दाउरा पनि धेरै लाग्यो खाना बनाउदाँ आखाँ मिच्दै बनाउनु पथ्यो तर अहिले त्यस्तो समस्या छैन खुसी ब्यक्त गर्नुभयो । अर्को चुलोमा भन्दा खाना पाक्न केही समय बढी लागेपनि दाउराँ कम लाग्दो रहेछ अनि चुलोको सबै धुवाँ बाहिर जादो रहेछ चन्द्रकलाले भन्नुभयो । “मैले त यो सुधारिएको चुलो धेरै महङ्गो अनि सिमेन्टले बनाएको हुन्छ होला भनेकी थिए, यो त माटोकै हुँदो रहेछ उहाँले भन्नुभयो ।” पल्लीकोट की ६१ बर्षिय लक्ष्मी गाहा मगरले पनि निकै खुसी ब्यक्त गर्नुभयो । मलाई लामो सयमदेखि आखाँ पोल्ने तथा खोकी लाग्ने समस्या थियो अहिले सुधारिएको चुलोको प्रयोग गर्न थालेपछि त्यस्तो समस्या बिस्तारै हटेको छ  लक्ष्मीले भन्नुभयो । पुरानो खाले चुलोमा खाना बनाउदा घरभित्र पुरै धुवाँले भरिभराउ हुन्थ्यो तर अहिले यो नयाँ किसीमको चुलो निमार्ण गरेर खाना बनाउन थालेपछि सबै धुवाँ बाहिर जादो रहेछ, सानो कोठामा खाना बनाउदाँ पनि कोठा सफा सुग्घर हुदो रहेछ उहाँले भन्नुभयो ।
जिल्ला विकास समिती गुल्मी ,नव प्रभात युवा सघ,नविकरणीय उर्जा आर्थिक विकास सघं रेडा पाल्पाको प्राबिधिक तथा आर्थिक सहयोग र गाविसको सहयोगमा पल्लीकोट गाविसका सबै घर धुरीमा सुधारिएको चुलो तथा शौचालय निमार्ण भएका हुन । गाविसमा पहिले १ सय ७८ घरमा सुधारिएको चुलो निमार्ण भएको र अहिले ४ सय ५२ घरमा चुलो निमार्ण गरिएको रेडा पाल्पाका गुल्मी कार्यक्रम प्रमुख ज्ञान बहादुर महतराले जानकारी दिनुभएको छ । जिल्लामा घरभित्रको बायु प्रदुषण मुक्त गाविस हर्दिनेटा पहिलो हो भने पल्लीकोट दोस्रो हो । गाविसलाई धुवाँरहित घोषणा गरिएसगै गृहणीहरुमा खुसीयाली छाएको छ । घर भित्रको धुवाँ रहित तथा खुल्ला दिशामुक्त गाविस घोषणा कार्यक्रममा स्थानीय कला सस्कृती बाजागाजा सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो ।
हेरौ घनश्याम गौतमले पठाउनुभएका केही तस्बिरहरु: 




भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग