Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेटामा एकिकृत ग्रामिण विकास मञ्चको सार्वजनिक सुनुवाई सम्पन्न

Published on 3:19:00 AM //

गुल्मी, जेठ २५ । गुल्मी जिल्लाको नेटा गाउँ विकास समिती वडा नं.३ स्थित सरस्वती माध्यमिक विद्यालयमा एकिकृत ग्रामिण विकास मञ्चको सार्वजनिक सुवाई सम्पन्न भएको छ । ग्रामिण विकास मञ्चका अध्यक्ष महेश सिरपालिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आर्थिक वर्षमा गाउँ विकास समितीमा छुट्टाईने बजेट कहाँ र कसरी विनियोजन गरियो भन्ने विषयमा विभिन्न सरोकारवालाहरुसंग सार्वजनिकरुपमा छलफल गरिएको थियो । उक्त कार्यक्रममा माओबादीका सदस्य उमाकान्त खरेल, नेपाली कांग्रेसका गाउँ कार्य समितीका अध्यक्ष निम बहादुर केसी, नेकपा एमालेका सचिव दाल बहादुर बोहोरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका ऋषीराम खरेल, गाउँ विकास समितीका सचिव मेघ प्रसाद पोख्रेल, अनुसन्धानकर्ता ओमकार नेपाली, सिता भुषाल, फोटो पत्रकार सुजन न्यौपाने, सामाजिक परिचालक विष्णु फुञ्जेल लगायतको उपस्थिती रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग