Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा नेपाली युवा मञ्च प्रथम राष्ट्रि भेला सम्पन्न

Published on 1:49:00 AM //

लालबहादुर ढेंगा
दुबई , जेष्ठ २५ - 'सम्पूर्ण प्रवासी युवाहरु एक हौं' अग्रगमन र परिवर्तनको पक्षधरता प्रवासी युवाहरुबीचेको एकता भन्ने मूल नाराका साथ गएको ७ जुन शुक्रबारका दिन दुबईको अरब उद्पी रेष्टुरेण्टमा नेपाली युवा मंच युएईले प्रथम राष्ट्रिय भेला सम्पन्न गरेको छ ।

नेपालमा संचालित वाइसियलको आफ्नो मूल रुप युएईमा पनि संगठित गर्ने तथा सक्रिय युवाहरुलाई क्रियाशिल गर्ने हेतुले 'नेपाली युवा मंच युएई' को प्रथम राष्ट्रिय भेला आयोजना गरेको हो ।
उक्त भेलाको अध्यक्षता लक्ष्मण लामिछानेले गर्नु भएको थियो भने प्रमुख अतिथिको आसनमा जनप्रगतिशील मंच युएईका अध्यक्ष हेमन्त पौडेल थिए । त्यसैगरी बिशेष अतिथिमा एनआरएन युएईका अध्यक्ष चन्द्र रोकाहा, अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी र पत्रकारहरु उपस्थित थिए  ।
जनप्रगतिशील मंच युएईका उपाध्यक्ष सूर्यकान्त सेढाईले  मन्तव्य रारखेका थिए । त्यसैगरी बालकुमार बस्नेतको कविता "जुर्मुराउंदै उठ" महान सहिदहरुको अधुरो सपना पूरा गर्नु छ तिमीले । सामन्तवादको पर्खाल भत्काएर जनवादको जग लगाउनु छ तिमीले । लगायत कविता वाचन गरेको थिए ।
 भेलाले लक्ष्मण लामिछानेको अध्यक्षतामा ३५ सदस्यीय नेपाली युवा मंच युएई तदर्थ समिति समेत गठन गरेको छ ।
नेपाली युवा मंच युएई को प्रथम राष्ट्रिय भेलाको अवसरमा विभिन्न वक्ताहरुले तदर्थ समितिमा चयन भएका पदाधिकारीहरुलाई कार्यसफलताको शुभकामना दिदै आ-आफ्ना बिचारहरु समेत राखेका थिए  ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग