Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्युत नियमित नहुँदा गुल्मीका सबै संचार माध्यम अनिश्चितकालका लागि बन्द

Published on 4:47:00 PM //

घनश्याम गौतम
गुल्मी– विद्युत अनियमितताको विरोधमा गुल्मीका एफ.एम. रेडियोहरु अनिश्चितकालका लागी बन्द गरीएका छन् । लामो समयसम्म विद्युत अनियमित हुँदा रेडियो सञ्चालन गर्न नसकिएको भन्दै जिल्लामा सञ्चालित ४ वटा एफ एम रेडियोहरु बन्द गरीएका हुन् ।
 
गुल्मी कालिगण्डकी ए प्रभावित जिल्ला भएकोले लोडसेडिङ्ग मुक्त घोषणा गरीएपनि घोषणा कार्यान्वयन नगरिएको र लगातार २४ घण्टा नै विद्युत अवरुद्ध हुँदा रेडियो सञ्चालन गर्न नसकिएको भन्दै एफ.एम  प्रमुखहरुले मंगलबार विज्ञप्ती जारी गर्दै अनिश्चितकालका लागि प्रशारण बन्द गरिएको जानकारी गराएका हुन् । विद्युत नियमित सुचारु हुने अवस्था सिर्जना नभएसम्म रेडियोहरुले प्रशारण शुरु गर्न नसक्ने विज्ञप्तीमा उल्लेख छ ।
 
रेडियो रेसुंगा, सामुदायिक रेडियो स्काई, रुरु एफ.एम र गुल्मी एफ. एम.का प्रमुखहरुद्वारा प्रकाशित विज्ञप्तीमा रेडियोहरुको पहिलो प्राथमिकता जनताको सुचनाको हक स्थापित गर्नु नै भएको भएपनि प्राधिकरणको चरम लापार्वाही विरुद्ध संचार माध्यमहरु बन्द गर्नु परेको उल्लेख छ । ‘हामीले बाध्यताबस रेडियोका प्रशारण बन्द गर्न बाध्य भएका छौं’, रेडियो रेसुंगाका कार्यकारी निर्देशक जनार्दन घिमिरेले भने, ‘जनताको सूचनाको हक कुण्ठित गर्न प्राधिरणले खेलेको भूमिकाप्रति हाम्रो आपत्ति छ ।’ विद्युत नियमित हुने प्रतिबद्धता र प्रत्याभूति नभएसम्म रेडियोहरु प्रशारण नहुने घिमिरेले बताए ।
 
विद्युत नियमित गर्न माग गर्दै नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य संघ लगायत पनि सोमबार देखि आन्दोलित भएका छन् । दुवै संघ संस्थाहरुले तिन दिने अल्टिमेटम दिंदै जिल्ला प्रशासन कार्यालय र विद्युत प्राधिकरणमा ज्ञापन पत्र बुझाएको पत्रकार महासंघका सचिव भरत पाण्डेयले बताए । लगातारको विद्युत अनियमित र लामो समयसम्मको अवरोधले जिल्लाको व्यापार, व्यवसाय, उद्योग, कलकारखाना धरासायी भएको र सर्वसाधरणको दैनिक जिवन समेत प्रभावित भएकाले आन्दोलित हुनु परेको उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वर पाण्डेयले बताए ।
 
विद्युत प्राधिकरणका निमित्त प्रमुख विनोदकुमार बानियाले जिल्ला भित्रको सबै प्रशारण लाईन ठिक भएपनि रिडी देखि तम्घाससम्मको विद्युतमा पटक पटक समस्या देखिने गरेको र त्यो समस्या पत्ता लगाउन नसकिएकाले क्षेत्रीय कार्यालय बुटवलबाटै ईन्जिनियरहरुको टोली बोलाईएको बताए । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग