Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुई सातामा झन्डै ४ हजार जनालाई नागरिकता

Published on 6:42:00 PM //

जनार्दन घिमिरे
गुल्मी, २० जेठ । जिल्ला प्रशासन कार्यालय गुल्मीले जनताको घर दैलोमा गई नागरिकता  वितरण गर्न शुरु गरेपछि यति वेला जिल्लामा ग्रामिण क्षेत्रका मानिसहरु निकै उत्साहित वनेका छन् । नागरिकता वनाउनका लागि दुई दिनसम्मको वाटो धाएर सदरमुकाम पुग्न विवश वनेका जनताहरुले आफ्नै घरदैलोमा कार्यालयवाट पाउने सेवा आफ्नै गाउँघरमा पाउन थालेपछि उनीहरुमा उत्साह थपिएको हो ।
जनाताले विना झन्झट सरकारी कार्यालयवाट प्राप्त हुने सेवा, सरल र सहज ढंगले प्राप्त गर्न सकुन भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय गुल्मीले एकिकृत घुम्टि सेवा सम्पन्न गरे लगत्तै अहिले जिल्लाका १५ स्थानमा नागरिकता वितरणका लागि भनेर छुट्टै टोली खटाएको छ । जिल्लाका विभिन्न ईलाकाहरुमा गत दुई सातादेखि शुरु गरिएको नागरिकता वितरण कार्यक्रम अन्र्तगत हालसम्म रिडी, रानीवास, वसुखर्क, ठूलोलुम्पेक, वस्तु, हाडहाडे, मजुवा र सिमलटारी गरि आठ स्थानहरुमा  नागरिकता वितरण र फोटो सहितको नामावलि संकलन कार्य सम्पन्न भईसकेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
दुई साता अवधिमा नागरिकता वितरण टोलीले जिल्लाका आठ स्थानमा गरि ३८ सय २० जनालाई नागरिकता वितरण गरिसकेको प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले आज पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराउनु भएको छ । प्रजिअ नेपालका अनुसार नागरिकता लिनेहरुमा पुरुष भन्दा महिलाहरुको संख्या लगभग दोव्वर रहेको वताईएको छ ।
नागरिकता वितरण कार्यक्रम अन्तर्गत सिमलटारी केन्द्रमा सवैभन्दा वढी ६ सय ५८ जनाले नागरिकता लिएका थिए । सोही कार्यकरमा आठवटा वितरण केन्द्रमा २ सय ६ जना व्यक्तिहरुले अपाङ्ग परिचय पत्र समेत वनाएका छन् । जेठ २४ गतेसम्म संचालन हुने नागरिकता वितरण कार्यक्रम अन्तर्गत  हाल विरवास, शान्तिपुर,जोहाङ्ग, पिपलधारा, खज्र्याङ्ग र अर्जेमा नागरिकता वितरण कार्य संचालन भईरहेको छ । जिल्ला प्रशासन कार्यालयले संख्यात्मक हिसावले नागरिकता वितरण कार्यमा गुल्मीमा नागरिकहरुको उत्साहजनक उपस्थिति रहेको वताएको छ । 

रिडीमा संचालन गरिएको नागरिकता वितरण कार्यक्रममा नागरिकता वनाउन आएका सर्वसाधारणहरु लाईनमा वसेर आफ्नो पालोको पखाईमा । तस्विर ः जनार्दन घिमिरे

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग