Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घास एक लाख भन्दा बढि रकम उठाए दृष्टिविहिनहरुले

Published on 3:16:00 AM //


प्रेम सुनार
जेठ १८, गुल्मी । हालै गुल्मीको तम्घासमा सम्पन्न पेन्सन क्यामबाट गुल्मीका दृष्टिविहिनहरुले एक लाख भन्दा बढि रकम संकलन गरेका छन् ।
दृष्टिविहिनहरुलाई शिप मुलक तालिम र उनिहरुको सशक्तिकरणकालागि एक लाख भन्दा बढि रकम पेन्सनर तथा अन्यबाट सहयोग संकलन गरिएको जन ज्योति उच्च माध्यामिक विध्यालय रिमुवाकी दृष्टिविहिन श्रोत शिक्षिका पम्फा कुमारी दंगालले जानकारी दिनु भयो ।
उक्त रकम संकलनका लागि तम्घास बसपार्कमा कृयाशिल अन टेष्ट युवा क्लव र तम्घास बाख्रेछेडाको फोर्टिन स्टार युवा क्लवले सहयोग गरिदिएको उहाँले बताउनु भयो ।
यि दुई क्लवले दृष्टिविहिनहरुका लागि तल बजारका अन्य ब्यबसायिहरुबाट समेत सहयोग संकलन गरिदिएको अन टेष्ट युवा कल्वका अध्यक्ष रविन्द्र गुरुले बताउनुभयो । सहयोग संकलन कार्यमा त्यस विध्यालयकी दृष्टि विहिन शिक्षिका शसि घिमिरे र अर्की दृष्टिविहिन सुनिता नेपाली पनि जुट्नु भएको थियो । त्यस विध्यालयमा ब्रेललिपिबाट दृष्टि विहिनहरुलाई पढाउने र अन्य शिप मुलक तालिमहरु प्रदान गरी दृष्टिविहिनहरुलाई स्वरोजगार वनाउने गरिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग