Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँका महिला र आफुले पढाउने छात्रालाई दुर्ब्यवहार गर्ने शिक्षक बिरुद्द फेरी आन्दोलन

Published on 3:22:00 AM //

उनै शिक्षकले गाउँमा गर्ने गरेको यौन दुर्ब्यवहार सम्बन्धी ओझेलका खबर सुनौँ:
छाडा साँढे जस्तो एक यौन पिपासु शिक्षकले समाजमा मच्चाएको यौन आतङ्क

प्रेम सुनार
जेठ २३, गुल्मी । छिमेकी जिल्ला अर्घाखाँची खनदहका एक "यौन पिपासु" शिक्षक विरुद्ध त्यहाँका विद्यार्थीहरुले फेरी आन्दोलन सुरु गरेका छन् । आफैले कक्षा ८ मा पढाउने एक छात्रालाई बलत्कारको प्रयास गरेको र गाउँका दर्जनौ महिलाहरुसंग यौन शोषण गरेको आरोप लागेका सुन्दर निम्न माध्यामिक बिद्यालय खनदहका शिक्षक पशुपति खनाल विरुद्ध त्यस बिद्यालयका विद्यार्थी र अभिभावकहरुले दोश्रो चरणको आन्दोलन आजदेखि सुरु गरेका हुन् ।

गत असार महिनामा शिक्षक खनालले १४ वर्षिय बालिकालाई घरमै गएर यौनिक कृयाकलाप गरेको ति बालिकाले बताएपछि त्यस बिद्यालयका विद्यार्थी अभिभावकहरुले ९ दिनसम्म बिद्यालय तालाबन्दी गरेर आन्दोलन गरी उनलाई हटाएका थिए ।

त्यहाँबाट हटाईएका खनाललाई अन्य बिद्यालयमा पनि बहिस्कार गरेपछि जिल्ला शिक्षा कार्यालय अर्घखाँचीले कार्यालयमै हाजिर गराई एक वर्ष सम्म तलव खुवाएर राखेको थियो । सवैको बहिस्कारका बावजुत पनि जिल्ला शिक्षा कार्यालयले उनलाई फेरी त्यसै बिद्यालयमै पठाएपछि आजदेखि बिद्यालयमा तालाबन्दी गरी आन्दोलन सुरु गरिएको हो ।

ठुलो रकमको चलखेल गरी अदालतमा उनि विरुद्ध परेको मुद्धा झयासमिस् पार्ने काम गरेको र रकमकै चलखेलबाट फेरी यसै बिद्यालयमा पठाईएकोले आन्दोलन सुरु गरीएको पिडित बालिकाका दाजुले बताए । ‘मेरी बहिनीलाई मात्र होईन उसले गाउँका अन्य बालिका र महिलाहरुलाई समेत बलत्कार गरेर गाउँमै झयासमिस पार्दै आएको थियो", उनले भने "छाडा छाडेको साँढे जस्तो शिक्षक खनाललाई बचाउ गर्ने जिल्ला शिक्षा कार्यालयप्रति पनि हाम्रो विरोध हो ।"

गाउँकी अपाङ्ग बालिकादेखि विधुवा र घरमा श्रीमान नभएका महिलाहरु शिक्षक खनालबाट असुरक्षित हुँदै आएको ति महिलाहरुले बाताएका छन् । शिक्षक खनाल फेरी त्यस विध्यालयमा आए यहाँका महिलाहरु थप असुरक्षित हुने हुँदा उनलाई कुनै पनि हालतमा आउन नदिने अभिभावकहरुले जनाएका छन् । शिक्षक खनाल ४० नाघेका र छोरा छोरीको विवहा गर्ने उमेरका भएका छन् । उनको यौन आतंकले सिङ्गो खनदह र छिमिकी गाविसका महिलाहरु पहिल्लैदेखि आतंकित हुँदै आएका छन् । शिक्षक खनालले भने आरोप स्वीकार गरेका छैनन् । जिल्ला शिक्षा अधिकारीले भने अदालतबाट फैसाला नभए सम्म आफुहरुले केहि गर्न नसक्ने बताउँदै आएका छन् ।

वालिका पक्षधरका मानिसहरुलाई समेत अदालतमा जानबाट रोकेर करिव डेढ लाख रुपैयाँ क्षतिपुर्ती दिएर गाउँमै मिलाउने चलखेल गरेको र अर्घखाँची अदालतबाट न्याय पाउन नसके पुनरावेदन र सर्वोच्च सम्म पुगेर पनि न्यायका लागि लड्ने वालिकाका दाजुले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग