Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बस र स्कुटी एक आपसमा ठोक्किँदा १ को ज्यान गयो

Published on 2:45:00 PM //

कृष्ण बिसी
रेडियो दाउन्ने, नवलपरासी ।  नवलपरासीको रामनगर १ भुमहीमा माइक्रोबस र स्कुटी एक आपसमा ठोक्किदा १ जनाको ज्यान गएको छ भने १ जना गभिर घाईते भएका छन । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा २ ख १९५३ नबरको माइक्रोबस र बिपरित दिशा तर्फ जादै गरेको लु१५ प ८३९१ नवरको स्कुटी एक आपसमा ठोक्किदा स्कुटी चालक जमुनिया ५ निवासी २० बर्षिय बिनौद न्यौपानेको ज्यान गएको हो । दुर्घटनामा सोही ठाँउ निवासी बर्ष १९ का महेन्द्र शाही गभिर घाईते भएका छन । घाईते शाहीको पुरानो मेडिकल भरतपुरमा उपचार गरिएको थियो । बस र चालक प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय सुनवलले जानकारी दिएको छ  ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग