Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बुर्तिबाङमा पाँच दिने पत्रकारिता तालिम शुरु

Published on 1:14:00 PM //

कविता घर्ती मगर
बागलुङ, २२ जेठ । ग्रामिण क्षेत्रमा सञ्चारको पहुँच पु¥याउने उदेश्यका साथ बागलुङ जिल्लाको बुर्तिबाङमा पाँच दिने आधारभुत पत्रकारिता तथा रेडियो उद्घोषण तालिम बुधवारदेखि शुरु भएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङको आयोजना तथा सामुदायिक रेडियो परिवर्तन र सामुदायिक रेडियो ढोरपाटनको संयुक्त संयोजनमा तालिम शुरु भएको हो ।
तालिम उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष रामबहादुर जिसीले सञ्चारमाध्यमहरुको संस्थागत विकास गर्न जरुरी रहेको भन्दै समुदाय स्तरबाट समेत यसको संरक्षण गर्नु दायित्व रहेको कुरामा जोड दिनुभएको छ । जनताको सूचनाको माध्यम भनेको सञ्चार माध्यम रहेकाले हरेक विकास निर्माणका कार्य सञ्चारसँग जोडेर लैजानु पर्ने आवश्यकता रहेको भन्दै जिसीले सरकारी संघ-संस्था, राजनैतिक पार्टी र सञ्चारमाध्यमको शसक्त भुमिकाबाटै समाज विकास गर्न सकिने भएकाले सबैले सञ्चारको महत्व बुझ्नु पर्ने बताउनुभयो ।
तालिम उद्घाटन कार्यक्रममा नेकपा एमालेका ज्ञानप्रसाद कँडेल, राष्ट्रिय जनमोर्चाका दुर्गादेवि घर्ति मगर, नेकपा माओदीका गुञ्जबहादुर भण्डारी, बुर्तिबाङ यातायात व्यवसायी समितिका महासचिव नरहरी भुसाल दिपक, स्वतन्त्र दलित समाज बुर्तिबाङका अध्यक्ष अशोक विश्वकर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले ग्रामीण क्षेत्रमा स्थापित सञ्चारमाध्यमहरुले समाज रुपान्तरणको भुमिका निर्वाह गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको र तालिमबाट थप प्रभावकारी हुने अपेक्षा व्यक्त गरेका थिए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङका साधारण सदस्य तथा तालिम संयोजक राम सुवेदीको अध्यक्षता, सामुदायिक रेडियो ढोरपाटनका स्टेशन म्यानेजर खडक कुवँरको स्वागत र सामुदायिक रेडियो परिवर्तनका अध्यक्ष लोकेन्द्र निरासीको सञ्चालनमा सम्पन्न भएको थियो ।
तालिममा समाचार लेखन, संकलन, रिपोट लेखन, उद्घोषण तथा बाचन सम्बन्धमा बागलुङ जिल्लामा रहेर लामो समयदेखि पत्रकारिता गरिरहेका अनुभवी पत्रकारहरुले तालिम दिने तालिम संयोजक राम सुवेदीले जानकारी दिनुभयो ।
तालिममा रेडियो परिवर्तन तथा रेडियो ढोरपाटनमा कार्यरत पत्रकारहरु तथा ग्रामीण क्षेत्र अधिकारीचौर, भीमगीठे, देविस्थान, बोंगादोभान तथा बुर्तिबाङ गाउँविकास समितिबाट गरि २६ जनाको सहभागीता रहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग