Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खानीपानी मुहानमा ब्याक्टेरिया भएको पुष्टी

Published on 9:29:00 PM //

कविता घर्ती मगर
बागलुङ, २७ जेठ । बागलुङ जिल्लाको बुर्तिबाङ लगायत आसपासका स्थानका स्थानियबासीले उपभोग गर्दै आएको खानेपानीको मुहानमा ब्यक्टेरिया भएको पुष्टि भएको छ ।
अमेरिकी नागरिकको आर्थिक सहयोग तथा सेभ द चिल्ड्रेनको समन्वय र गाजा युवा क्लव बागलुङद्वारा सञ्चालित सुअहारा कार्यक्रम अन्तरगत सरसफई सप्ताहको अवसरमा बुर्तिबाङ स्थित विभिन्न खानेपानीको मुहानमा परिक्षण गर्दा ब्याक्टेरिया भएको पुष्टि भएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्रकी लक्ष्मी वानियाँ, पशु सेवा कार्यलयका श्याम सुन्दर यादव, गाजा युवा क्लवका प्रतिनिधीहरुको संयुक्त टोलीले बुर्तिबाङ बजार तथा आसपासमा प्रयोग गरिएका विभिन्न खानेपानीको मुलहरु काभ्रेखोला, छरछरे, चिप्लेटी र भालुमारेको परिक्षण गरिएको छ ।
पानी परीक्षणका क्रममा सफा मुहानको रुपमा काभ्रेखोला खानेपानीको मुहान देखिएको छ भने अन्य तीनवटा मुलको पानीमा व्याक्टेरिया रहेको पाइएको निरिक्षण टोलीले जनाएको छ । उक्त व्याक्टेरिया भएको मुहानको पानी प्रयोग गर्नाले जनस्वास्थ्यमा असर पार्ने भएकोले उपभोक्ताहरुले पानीमा सोडिइस, क्लोरिनेशन मिसाउनुका साथै फिल्टर गर्ने तथा उमालेर पानी प्रयोग गरेमा उचित हुने सुअहारा कार्यक्रमका सुपर भाईजर दुर्गा नेपालीले बताउनुभएको छ । कार्यलयमा दर्ता भए अनुसार काभ्रेखोला खानेपानीको मुहानबाट ६० तथा अन्य ब्याक्टेरिया सहितको मुहान भएका छरछरे, चिप्लेटी र भालुमारे मुहानबाट ६ सय ५० घरधुरी उपभोक्ता रहेको बुर्तिबाङ खानेपानी कार्यलयका कोषाध्यक्ष ओम कुमार नेपालीले जानकारी दिनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग