Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अग्नी पिडितलाई कतारबाट सहयोग

Published on 9:37:00 PM //

कुमार "अविरल" पन्थी,
दोहा, जेठ २७ । गुल्मी सेवा समाज दोहा कतारले गुल्मी जिल्ला तुराङ ३ गेखुंङ निवासी अग्नि पिडित प्रेम पौड्यालको परिवारलाई राहत स्वरूप २१,१०१ रुपैँया सहयोग गरेको छ । सो रकम कतारबासी विभिन्न सहयोग दाताहरुबाट संकलन गरि गत साता गेखुंङमा आयोजित एक कार्यक्रम बीच गुल्मी सेवा समाज दोहा कतारका अध्यक्ष भरत सापकोटाले पिडितकी आमा बाटुली पौड्याललाई हस्तान्तरण गर्नुभएको हो । स्थानीय बुद्धीजिवी, समाजसेवी, पेशाकर्मी लगायत स्थानीयहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता गुल्मी सेवा समाज दोहा कतारका सम्पर्क समिति गुल्मीका अध्यक्ष लक्ष्मण पौड्यालले गर्नुभएको थियो भने सन्चालन सचिब तारा बस्नेतले गर्नुभएको थियो । पिडित पौड्यालको घरमा बि.स.२०६९ फागुन ११ गते आकस्मात आगलागी हुँदा करिब २ लाख बराबरको क्षति भएको थियो । गुल्मी सेवा समाज दोहा कतारले स्थापनाकाल देखि नै विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग