Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१२ वर्षदेखि फरार अपराधी पक्राउ

Published on 3:13:00 AM //

घनश्याम गौतम
गुल्मी, जेष्ठ २८ । १२ वर्षअघि अपराध गरी फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरी जेल पठाएको छ ।
नेटा-१ का कृष्ण केसीलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेका अनुसार केसीले २०५७ असोज २८ गते आफ्नै दाजु खलजित खत्रीको घरमा आगो लगाएको र खुकुरी प्रहार गरी हत्या प्रयास गरेका थिए । अदालतले २०६६ सालमा केसीलाई ६ वर्ष कैद फैसला गरेको थियो । फैसला लगत्तै फरार भएका केसी पोखरामा आफन्तकहाँ लुकिछिपी बस्ने गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको थियो । अदालतको निर्देशनमा प्रहरीले केसीलाई जेल पठाएको हो । पुराना र फरार अभियुक्तहरूलाई पक्राउ गरी कैद भुक्तान गर्ने प्रहरीको अभियान अन्तर्गत प्रहरीले अहिलेसम्म १२ जना अपराधी पक्रउ गरी जेल पठाएको काफ्लेले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग