Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीको नयाँ श्रोत र पहिचानः फाईवर झोला

Published on 3:44:00 AM //

प्रेम सुनार
जेठ २८, गुल्मी ।  प्लाष्टिक मुक्त जिल्ला बनाउने अभियानमा जुटेको गुल्मी उद्योग वाणिज्य संघ लगायत गुल्मीका सरकारी निकाय सहित अन्य संघ संस्थाले फाईवर झोलालाई स्थानिय नयाँ आर्थिक श्रोत र राष्ट्र ब्यापी पहिचान बनाउने अभियान सुरु गरेका छन् ।
२ वर्ष अघि कालो प्लाष्टिक मुक्त जिल्ला घोषण गरेको गुल्मी उद्योग वाणिज्य संघले गत वर्ष देखि सेतो प्लाष्टिक झोला मात्र प्रयोगमा ल्याएको थियो । संघले जिल्लालाई प्लाष्टिक मुक्त जिल्ला बनाउनका लागि त्यसको विकल्प फाईवर झोला आजदेखी बजारमा ल्याएको छ । जिल्ला विकास समितिबाट ५० हजार, घरेलु तथा साना उद्योग विकास समितिबाट ८० हजार, गुल्मी उद्योग वाणिज्य संघबाट ४० हजार र तालिम संयोजन संस्था कल्याणकारी आमा समुह तम्घास १ र ३ का महिलाहरुबाट २० हजार गरी १ लाख ८० हजार रुपैयाँ लगानी गरी एक महिने फाईबर झोला बुनाउने तालिमको आज समापन गरीएको हो ।
गुल्मीमा यो झोला वातावरण संरक्षणका लागि मात्र नभई उद्यमशिलता र भविष्यमा गुल्मीको गतिलो आर्थिक श्रोत हुने कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्याधिष  कृष्णराम कोईरालाले बताए  । त्यस्तै प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले यो सन्देश सवैले सवैतिर  फैलाउदै प्रत्येकले ब्यवहारिक रुप मै बातरवरण संरक्षणका लागि भुमिका निभाउनु पर्ने धारणा राखे । “हामीले यो सन्देश फैलाउनु पर्दछ’ उनले भने  गत दुई बर्षदेखीको यो प्रयास यहाँसम्म आईपुगेको र यसलाई प्रत्येक घर र व्यक्तीले व्यवहारमा ल्याउन सके छिट्टै सफल भईन्छ । ’उनले हुँगा,पल्लीकोट, जैशिथोक,लगायतका विधालयहरुबाट पलाष्टिक मुक्त विधालय घोषणा भएको प्रति सन्तोष व्यक्त गरे ।
गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले गुल्मीको घर–घर र प्रत्येक बस्तु बस्तुमा पैसा भएको तर सदुपयोग गर्न नसकेको बताए । “कस्तुरीलाई आफ्नो वासना थाहा नुहुँदा जसरी अन्यन्त्र भौतारिन्छ’ उनले भने–‘ ठिक त्यसरी नै हामीले हाम्रो श्रोत पहिचान र सदुपयोग गर्न नसकेर अन्यन्त्र भौतारिहेका छौँ ।” उनले आजै दैखी पलाष्टिकको झोला बोक्न छाडेर फाईवर झोला बौकौँ भन्दै फाईवरलाई उद्योगका रुपमा विकास गर्ने बताए । साँझेदारी संस्था घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग अधिकृत कृष्णप्रसाद पोख्रलले पलाष्टिक झोला विस्तापित गर्नका
लागि फाईवर झोलाको अवधारणा ल्याईको बताए ।
बुटवलबाट कच्चा पदार्थ ल्याई एघार जना तालिममा सहभागी महिलाबाट बनाईएका फाईवर झोला टिकाउ भएकोले यसले प्रशस्त बजार पाउने उनको दाबी छ । उनले वाँसबाट पनि झोला र अन्य घरेलु प्रयोगको सामग्री उत्पादनको प्रयास भई रहेको बताए । जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शंकर प्रसाद गौतमले यो अभियान सफल पार्नका लागि समितिले बर्षैनी सहयोग गर्ने प्रतिबद्धता जनाए । ठुलोलुम्पेक घर भएकी तालिमकी प्रशिक्षक भारती श्रीसले आफुले बम्बईमा सिकेको सिप गुल्मीमा अरुलाई सिकाउन पाउँदा खुसी लागेको बताईन् । उनले झोलाबाट मात्रै मासिक आठ हजार सरदर कमाउने बताईन् । तालिममा सहभागी महिलाहरुले भविष्यमा घरमै बसीबसी त्यती नै कमाउने सक्ने आँट आएको बताए ।

प्रशिक्षार्थी अनिशा केसीले फाईबर झोला उत्पादनलाई उद्योगका रुपमा विकास गर्न सके जिल्लाका अधिकांश महिला घरमै बसेर स्वरोजगार बन्ने बताईन् । बुहुराष्ट्रिय कम्पनीले खाद्य पदार्थमा व्यापक पलाष्टिक प्रयोग गर्ने भएकाले एकैसाथ निषेध गर्न मुस्किल परेपनि गुल्मीले त्यो चुनौतीको सामाना गरेर फाईवर झोला प्रयोगमा ल्याउनुपर्ने सहभागिको जोड थियो । चौथो राष्ट्रिय सरसफाई सप्ताहको  पहिलो दिन वाणिज्य संघले पलाष्टिक झोला निषेध र फाईवर झोला प्रयोगका लागि प्रर्दशन गरेको थियो । संघले प्रशिक्षार्थीहरुले वनाएको फाईवर झोला पदर्शन गरेको थियो । संघले ‘बातवरण संरक्षणको संरक्षण गरौं, प्लाष्टिक झोला प्रयोग गरौं, स्थानिय वस्तुको प्रयोग गरौं, गुल्मीको पहिचान गराऔं-गरौं, लगायतका जनचेतनात्मक नारा सहित तम्घासमा ¥याली निकालेको थियो । ¥यालीमा विध्यार्र्थी, लगायत ब्यापक महिला पुरुषको सहभागिता थियो । प्लाष्टिक झोला बिस देखि ५० वर्ष सम्म माटोमा गाडिए पनि नगल्ने भएकोले बातबरण, कृषि उत्पादन र मानिसको स्वास्थ्यमा समेत असर पर्ने भएकोले यसको प्रयोगमा गुल्मीले निषेधको अभियान सुरु गरेको हो । नेपाल सरकारले पनि देश ब्यापी अभिायानमा लागेको छ । कल्याणकारी आमा समुह तम्घास १ र ३ की अध्यक्ष कृष्णमाया पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद पोख्रलको सञ्चालन रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग