Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सिँचाई कार्यालय, गुल्मी सबैभन्दा सफा सरकारी कार्यालय, कोलेनिका र बन कार्यालय पनि उत्कृष्ट तीनमा

Published on 3:50:00 AM //

प्रेम सुनार
जेठ २८, गुल्मी । सरसफाई सप्ताहको अवसरमा यस वर्ष सरसफाईमा गुल्मीका तिन उत्कृष्ट कार्यालय पुरस्कृत भएका छन् ।
सिँचाई कार्यालय, कोष तथा लेखा निरक्षक कार्यालय र जिल्ला वन कार्यालय उत्कृष्ट छनौट भएका हुन् । उनिहरुलाई खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति गुल्मीले बनाएको अनुगमन समितिले गत एक वर्षदेखि गरेको छड्के अनुमनले उत्कृष्ट छनौट गरेको हो । अनुगमन समितिका संयोजक विष्णुप्रसाद भण्डारीले जिल्लाका २२ वटा सरकारी कार्यालयहरुको अनुगमन गर्दा सवै भन्दा बढि नम्वर ल्याई सिँचाई कार्यालय उत्कृष्ट पहिलो, दोश्रो को.ले.नि.का. र तेश्रो वन कार्यालय भएको बताए । तिन उत्कृष्ट कार्यालयहरुलाई एक समारोहका विच प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले कदर पत्र प्रदान गरी सम्मान गरेका थिए ।
कार्यालय वरीपरीको सरसफाई, वगैँचा निर्माण, शौचालय र कर्माचारीको पोशाक आदि मापदण्ड बनाएर अनुगमन समितिले अनुमन गर्ने गरेको थियो । त्यस्तै सो कार्यालयले जिल्लाको सरसफाई र वातवरण संरक्षणमा सहयोगी भुमिका निभाउने गैह्र सरकारी महासंघ गुल्मीका अध्यक्ष विष्णुप्रसाद भण्डारी, नार्डेक नेपालका अध्यक्ष रेशम कुँवर, जिल्ला शिक्षा कार्यलयका अधिकृत रामबहादुर थापालाई पनि कदर पत्रले सम्मान गरेको छ ।
जेठ २२ गतेदखि २८ गते सम्म मनाईएको चौथो राष्ट्रिय सरसफाई सप्ताहको आज अन्तिम दिन जिल्ला शिक्षा कार्यालय गुल्मीको संयोजकत्वमा महेन्द्र उच्च माध्यामिक विध्यालय तम्घासमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न गरी पुरस्कार वितरण कार्यक्रम गरिएको थियो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको सक्रिय सहभागितामा २२ गते पल्लीकोट गविसलाई खुल्ला दिशामुक्त तथा वायु प्रदुषण मुक्त गाविस घोषणा गरेको थियो । त्यस्तै २३ गते रेडक्रश शाखा गुल्मीको संयोजकत्वमा वलिथुम गाविसमा सरसफाई, साताभर सम्पुर्ण सरकारी कार्यालय सरसफाई लगाएतका कार्यक्रमहरु गरेको थियो । २०७२ असार मसान्तसम्म गुल्मीलाई खुल्ला दिशामुक्त जिल्ला घोषणाको अभियानमा जुटेको सो कार्यालयले यस सता कुर्घा सहित अन्य २ गरी कुल १३ वटा गाविसलाई घोषण गरी सकेकोछ ।
आजको पुरस्कार वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जिल्लाको सरसफाई र वातवरण संरक्षणमा सुरु गरिएको अभिायानमा  सवैको साझा प्रयासको खाँचो औलाए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग