Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जुम्लामा कर्फ्यु जारी

Published on 10:48:00 AM //

जुम्ला, २९ जेठ । जुम्लामा कर्फ्यु लगाइएको छ। नेकपा-माओवादी र नेपाली कांग्रेसबीच विवाद चुलिँदै गएर उग्र रुप लिन थालेपछि कर्फ्यु लगाइएको हो। व्यक्तिव्यक्तिबीचको सामान्य विवाद राजनीतीकरण भई तीन दिनदेखि खलंगामा तनाव उत्पन्न भएको थियो।

हिजो साँझ साढे आठ बजेदेखि लगाइएको कर्फ्यु आज बिहान ९ बजे खुलेपनि फेरी १० बजेदेखि साँझ ५ बजेसम्म जारी रहने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

हिजो अबेरसम्म जिल्ला प्रशासन कार्यालय र नेपाल पत्रकार महासंघको सहजीकरणमा बसेको वार्ता निष्कर्षबिहीन भएपछि यस्तो अवस्था आइपरेको हो। प्रहरीले पूर्व सभासद नरेश भण्डारीको नेतृत्वमा आएको वार्ता टोलीका सदस्यलाई नियन्त्रणमा लिएपछि झन अवस्था नाजुक बन्दै गएको थियो। वार्ता गर्न आएको टोली नै असुरक्षित भएपछि वार्ता गर्नुको कुनै औचित्य नभएको सभासद भण्डारीको भनाइ छ।

यता प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले भने वार्ता टोलीमा आएका २ जना सदस्यको जाहेरीमा नाम उल्लेख भएकोले पक्राउ गरिएको बताए। उनले भने, 'सोधपुछका लागि पनि नियन्त्रणमा लिनु पर्ने भयो।' पक्राउ पर्नेमा नेकपा-माओवादीका जिल्लास्तरीय नेता मिन बहादुर भण्डारी र राज बहादुर भक्री रहेका छन्। यता नेपाली कांग्रेसले भने विवाद अब सामाजिकिकरण भइसकेकोले आफ्नो काबु भित्र रहेको बताएको छ।

कर्फ्युका कारण जुम्ला बजार सुनसान छ भने व्यापार व्यवसाय अस्तव्यस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयको सुरक्षाको लागि नेपाली सेना समेत परिचालन गरिएको छ। कर्फ्यु उल्लंघन गरेको भन्दै विभिन्न स्थानबाट ९ जनालाई नियन्त्रणमा लिइ छोडिएको प्रहरीले जनाएको छ।

नेकपा माओवादीका कार्यकर्ता फरार छन् भने यता नेपाली कांग्रेसका कार्यकर्ताले कर्मचारी युनियनका सदस्य जनक सेजुवाललाई सक्त घाइते हुने गरी कुटपिट गर्नेलाई कारबाहीको दायरामा नल्याएसम्म वार्तामा नबस्ने र आन्दोलन जारी रहने बताएको छ। - नागरिक न्युजबाट 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग