Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उद्योगी मथुरा मास्केको निधन

Published on 12:42:00 AM //

११ असार, काठमाडौं । श्री डिस्टिलरीका संस्थापक उद्योगपति मथुरा मास्केको ८२ वर्षको उमेरमा सोमबार निधन भएको छ । आर्यघाटमा उहाँको अन्तेष्टीमा गुल्मेलीको उल्लेख्य सहभागिता रहेको थियो । पुर्ख्यौली घर गुल्मीको रिडी रहेका मास्के गुल्मी, रुपन्देही र नवलपरासीका विभिन्न सामाजिक संस्थामा पनि आवद्ध हुनुहुन्थ्यो । उहाँका तीन छोरा र चार छोरी हुनुहुन्छ । नवलपरासीस्थित श्री डिस्टिलरी राजस्व छलीको अभियोगमा २०५८ मा कारबाहीमा परेपछि मास्के परिवारको लगानी यात्रामा ठेस लाग्न पुगेको थियो । यस कम्पनीले तत्काल निर्धारण भएको ८० करोड रुपैयाँ राजस्व बुझाउन बाँकी रहेको छ । मोलासेन्स पोखिएको दाबी गर्दै अन्तः शुल्क छली गरेको भनी राजस्व कार्यालयले उक्त राजस्व निर्धारण गरेको थियो । राजस्व प्रशासनले मास्केका परिवार सदस्य सबैको बैंक खाता रोक्का गरेको छ । -अन्लाईनखबर डट कमबाट

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग