Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सम्पर्क समितिद्वारा मृगौला पिडितलाई ६ लाख ५० हजार वन सहयोग

Published on 12:38:00 AM //

दक्षिण कोरिया स्थित गुल्मी सम्पर्क समितिद्वारा गुल्मी जिल्ला शान्तिपुर गा.बि.स वडा नं.२ निवासी एक मिर्गौला पीडितलाई उपचार खर्च स्वरुप नगद सहयोग गरेको छ ।
शान्तिपुरका स्थायी बासिन्दा ३१ बर्षिय खीम ब.थापाको बिगत दुई बर्षदेखि दुबै मृगौला फेल भई काठमाण्डौं स्थित नेश्नल किड्नी सेन्टरमा उपचार गरिरहेको र निजको मृगौला प्रत्यारोपण नगरुन्जेल निरन्तर डाइलोसिस गरिरहनु पर्ने भएको डाक्टरहरुले बताएका छन । थापाको घरको आर्थिक अवस्था अन्यन्तै कमजोर रहेकोले उनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले ६ लाख ५० हजार वन सहयोग गरेको समितिका अध्यक्ष शंकर रानाले जानकारी दिनुभएकोछ । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग