Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा क्षमता अभिवृद्धि तथा मध्यस्थता सम्वन्धि तालीम शुरु

Published on 7:07:00 PM //

जनार्दन घिमिरे
​गुल्मी १२ असार ।  स्थानीय शान्ति समिति गुल्मीको आयोजनामा आजदेखि गुल्मीको  सदरमुकाम तम्घासमा क्षमता अभिवृद्धि तथा मध्यस्थता सम्वन्धि दुई दिने अभिमुखिकरण तालीम शुरु भएको छ ।

स्थानीय स्तरमा द्वन्द व्यवस्थापन र दिगो शान्तिका लागि गाविस स्तरीय स्थानीय शान्ति समितिका संयोजकहरुका लागि लक्षीत गरि उक्त तालिम संचालन गरिएको हो । स्थानीय शान्ति समितिका संयोजक टोमलाल पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा प्रमुख अतिथि एवं  निमित्त प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले द्वन्द व्यवस्थापन र न्यूनिकीकरणका लागि गाउँ स्तरमा स्थाथानीय शान्ति समितको भूमिका अत्यन्तै महत्वपूर्ण रहने वताउनु भएको थियो ।

कार्यक्रममा एकिकृत नेकपा माओवादीमा राज्य समिति सदश्य अशोक थापा, माओवादीका जिल्ला ईन्चार्ज विर वहादुर कार्कि, राप्रपा नेपालका सचिव तुल्सी पाण्डे, जिल्ला विकास समितिका योजना अधिकृत वावुराम पल्ली,प्रहरी निरिक्षक रवि सिङ मल्ल, स्थानीय शान्ति समितिका सदश्य जनार्दन घिमिरे लगायतले आआफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

२२ गाउँ विकास समितिका संयोजकहरु सहभागि उक्त तालीमको पहिलो दिन आज स्थानीय शान्ति समितिका पुर्व संयोजक युवराज केसी र सदश्य पदम प्रसाद पाण्डेले सहजी करण गर्नु भएको कार्यक्रम संचालक तथा स्थानीय शान्ति समिति कार्यलय सचिव अनिता ज्ञवालीले जानकारी दिनु भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग