Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँघर बाटै नागरिकता (फोटो फिचर)

Published on 5:40:00 AM //

तेजेन्द्र थापा
शान्तिपुर, जेठ २२ । शान्तिपुर र बिशुखर्कमा नारिकता वितरण र फोटो सहितको मतदाता नामावली संकलन कार्य सम्पन्न भएको छ । गुल्मीको क्षेत्र नं. १ अन्तर्गतका शान्तिपुर, हरेवा, ग्वाघा, हर्राचौर, बिशुखर्क र दिब्रुंग गाबिसका सेवाग्राहीलाई ध्यानमा राखी बिशुखर्कको वलिबांगमा जेष्ठ १७ देखि १९ सम्म र शान्तिपुरमा २० देखि २२ गते सम्म संचालन गरिएको हो । सो घुम्ती शिविरबाट आफुलाई धेरै राहत मिलेको हर्राचौर-४ कि एक दलित महिलाले बिशुखर्कको वालिबांगमा नागरिकता प्राप्त गरे पछि बताईन ।

"आर्थिक अभावका कारण सदरमुकाम गई नागरिकता बनाउन सकेकी थिईन अहिले ५८ बर्षको उमेरमा बल्ल नागरिकता पाउँदा सार्है खुशी लागेको छ", उनले भनिन्, "अब भोट हाल्न समेत पाईने भयो ।" त्यस्तै खुसि ब्यक्त गरिन शान्तिपुरमा नागरिकता प्राप्त गरे पछि हरेवा-४ कि ६५ बर्षीय श्यामकाली नेपालीले पनि । उता ६८ बर्षको उमेरमा नागरिकता पाईसकेपछी अब २ बर्ष पछिबाट भने बृद्द भत्ता पनि खान पाइने आशामा हर्ष ब्याक्त गर्दै थिए हर्राचौर गाबिस झारखर्कका एक दलित बृद्ध ।
बिशुखर्क-९ का मन बहादुर सुनारले ७७ बर्षको उमेरमा नेपाली नागरिकता पाँउदा बल्ल आफु नेपाली भएको अनुभव भएको तितो अनुभव सुनाए । नागरिकता पाए पछि उनि निकै खुशी देखिन्थे । त्यस्तै हरेवा -७ कि मसुरी कामीले पनि शान्तिपुरमा सन्चालित घुम्ती शिबिरबाटै ७२ बर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् । टोलि नं. ३ अन्तर्गत सहायक प्रमुख जिल्ला अधिकारि गौरव पन्थीको नेतृत्वमा आएको उक्त टोलीले वलिबांग र शान्तिपुरमा गरि जम्मा ४३५ नागरिकता वितरण गर्नुका साथै ५९० फोटो सहितको मतदाता नामावली संकलन गरेको थियो । घुम्ती सेवामा सबै भन्दा बढी दलित र आर्थिक अवस्था अ त्यन्तै कमजोर भएका जनताले राहत महसुस गरेको घुम्ती टोलिका एक सदस्यले गुल्मीन्युजलाई बताए ।

आउनुस् शिबिरबाट गुल्मीन्युज सहयोगी तेजेन्द्र थापाले खिचेर पठाउनुभएका केही तस्बिरहरु हेरौँ:








भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग