Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माओवादीको जनप्रतिरोध अभियानको उद्घाटन

Published on 12:45:00 PM //

पि.एम.मगर
गुल्मी, जेष्ठ २६ गते । नेकपा माओवादी गुल्मी १२ नम्वर इलाकाको जनप्रतिरोध अभियानको उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ । अभियानको आज एक कार्यक्रमका विच उद्घाटन गर्दै प्रमुख अतिथि पार्टीका जिल्ला सह–सेक्रेटरी विष्णु पन्तले जनप्रतिरोध अभियानले वैदेशिक दलाल तथा भ्रष्टहरुलाई किनारा लगाएरै छाड्ने बताउनुभयो । उहाँले सवै गाविसहरुमा आफ्नो पार्टी पुग्ने र जनप्रतिरोध अभियान सम्पन्न गर्ने वताउनुभयो । विशेष अतिथि पार्टीका मगरात राज्य समिति सचिवालय सदस्य केशव अधिकारले जनप्रतिरोध अभियान जिल्लाका सवै गाविसमा पार्टी विस्तारसँगै जाने वताउनुभयो । त्यस्तै राष्ट्रिय युवा जन–स्वयंसेवकका जिल्ला अध्यक्ष खिम खड्काले जिल्लाका भष्ट्र दलालीहरुको नाम सुची तैयार भैसकेको र सोही अनुसार कारवाही प्रकृया पनि अगाडी वढाउने वताउनुभयो । कार्यक्रममा मगर मुक्ती मोर्चाका अध्यक्ष टिका पुवाँरेले पनि मन्तव्य राख्नुभएको थियो । इलाका इन्चार्ज रामचन्द्र कण्डेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सेक्रेटरी लक्ष्मण कण्डेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य दिगाम गाउँ कमिटी सेक्रेटरी वासु कण्डेलले राख्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग