Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यार्थी तथा स्थानीय क्लवहरुद्वारा बिद्युत कार्यालयमा तालावन्दी

Published on 2:50:00 AM //

जनार्दन घिमिरे
गुल्मी, २३ जेठ । जिल्लामा लामो समयदेखि विद्युत अनियमित हुँदै आए पनि त्यसको समाधानकालागि नेपाल विद्युत प्राधिकरणले कुनै चासो नदेखाएको भन्दै गुल्मीबाट सन्चालित ४ वटा रेडियो स्टेशनहरु अनिश्चितकालीन रुपमा आन्दोलीत वनेका छन् ।
गत तीनदिनदेखि प्रशारण वन्द भएका गुल्मी जिल्लाका सम्पूर्ण एफ.एम. रेडियोहरु अझै संचालनमा आउन नसकेको विषयलाई लिएर आज जिल्लाका सम्पूर्ण विद्यार्थी संगठन, युवा संघ र स्थानीय क्लवहरुको नेतृत्वमा विद्युत प्राधिकरणसँग विगतमा भएका निर्णयहरुको कार्यान्वयन र नेपाल विद्युत प्राधिकरणका प्रमुखको सरुवाको माग गर्दै आज विद्युत कार्यालयमा तालावन्दी गरिदिएका छन् ।

तालावन्दीपछि प्राधिरणको कामकाज दिनभर ठप्प वनेको छ । आन्दोलनको सर्मथनमा ऐक्यवद्धता जाहेर गर्दै आज जिल्ला स्थित प्रमुख तिनदलहरुले विज्ञप्ती जारी गरि समर्थन जनाएका छन् । उनीहरुले नियमित विद्युत आपुर्ति गरि समस्या समाधानकोलागि पहल गर्न सम्वन्धित निकायहरुलाई आग्रह समेत गरेका छन् । गुल्मी उद्योग वाणिज्य संघले समेत विद्युत नियमितताको माग गर्दै गत तीन दिन अघि दिएको अल्टिमेटम आज सकिएको छ । संघले भोलीदेखि थप संघर्षका कार्यक्रमहरु संचालन गर्ने वताएको छ ।
यस सम्वन्धमा विद्युत प्राधिकरणका प्रमुख नवल किशोर गोहितले भने रिडी पावर हाउसमा समस्या देखिएको कारण विद्युत नियमित हुन नसकेको भन्दै समस्या समाधानका लागि क्षेत्रीय कार्यालय बुटवलबाट ईन्जिनियर बोलाई फल्ट पत्तालगाउने काम भइैरहेको गरिरहेको वताउनु भएको छ ।  विद्युत अवरुद्ध वनेपछि गत सातादेखि जिल्लाका सम्पूर्ण उद्योग तथा कलकारखानाहरु समेत ठप्प वनेका छन् । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग