Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खानेपानी र डम्पीङ्ग साईट एकै ठाउँमा नराख्न माओवादी अनुरोध

Published on 1:26:00 AM //

प्रेम सुनार
जेठ २३, गुल्मी  गुल्मीको सदरमुकाम तम्घासमा रहेको तम्घास वृहत खानेपानी र डम्पीङ्ग साईट एकै स्थानमा रहेको प्रति एकिकृत नेकपा माओवादी गुल्मीले चासो देखाएको छ । सो पार्टीको आज बसेको सचिवालय बैठकले डम्पीङ्ग साईट र खानेपानी एकै स्थानमा हुँदा भोलीका दिनमा तम्घासबासी हजारौले स्वास्थ्यमा प्रतिकुल असरको सामना गर्नुपर्ने भएकोले तत्काल डपीङ्ग साईट अन्यत्र सार्न माग गरेको छ ।
सो पार्टीका जिल्ला संयोजक सुदर्शन बरालद्धरा जारी विज्ञप्तीमा फोहर ब्यबस्थापनको विकल्प तत्काल नखोजिए तम्घासबासीले भोलीका दिनमा महामारीको समेत सामना गर्नु पर्ने खतारालाई मध्यनजर गरी संबद्ध पक्षसंग डम्पीङ्ग साईट अन्यत्र सार्न अनुरोध गरिएको छ । त्यहाँबाट डम्पीङ्ग साईट तम्घास ८ मा सार्न गत हप्ता स्थानियबासी सहमत भए पनि अहिले आएर अनेक बखेडा झिकेर अवरोध गरिरहेको तम्घास फोहर मैला ब्यबस्थापन तथा बातबरण संरक्षण समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए ।   

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग