Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीबाट गत बर्ष भन्दा ११ प्रतिशत बढीले एसएलसी पास गरे

Published on 2:03:00 AM //

यसपालिको एस.एल.सीमा को बन्यो गुल्मी प्रथम? कस्ले कती अंक ल्याए?
विशाल भट्टराई
गुल्मी, २९ जेठ ।  गत बर्षको तुलनामा यस बर्ष गुल्मी एसएलसी परिक्षाको नतिजा बढेर गएको छ । यस वर्ष गुल्मीमा नियमित तर्फ ४६.०५ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएका छन् ।  गत बर्ष जम्मा ३५.२१ प्रतिशत विद्यार्थी मात्रै उत्तिर्ण भएका थिए । देशभर एसएलसी परिक्षाको नतिजा लगातार ओरालो लागीरहेको बेला गुल्मीमा भने केहि प्रगति भएको देखिएको छ । यो बर्ष ४ हजार ७ सय ५१ जना बिद्यार्थीमा २ हजार १ सय ८८ जना बिद्यार्थी पास भएको जिल्ला शिक्षा अधिकारी गोबिन्द प्रसाद अर्यालले जानकारी दिए । नियमित तर्फ ७५ जना बिद्यार्थी बिशिष्ट श्रेणिमा पास भएका छन् । त्यस्तै ८ सय ५६ जना बिद्यार्थी प्रथम श्रेणिमा, १ हजार २  सय ३२ बिद्यार्थी द्वितिय श्रेणिमा र २५ जना बिद्यार्थी तृतिय श्रेणिमा पास भएका छन् ।
एक्जाम्टेडतर्फ भने २ हजार १ सय २८ मध्ये ४ सय २२ जना पास भएको जिल्ला शिक्षा अधिकारी अर्यालले जानकारी दिए । एक्जाम्टेडतर्फ प्रथम श्रेणिमा २ जना बिद्यार्थी पास भएका छन् । ३  सय ८२ जना द्वितिय श्रेणिमा उत्तिर्ण भएका छन भने ३८ जना बिद्यार्थी तृतिय श्रेणिमा पास भएका छन् । यसैबिच २०६९ सालको एसएलसी परिक्षामा गुल्मीको एउटा बिद्यालय निल भएको छ । जिल्ला शिक्षा कार्यालय गुल्मीका अनुसार रघुफेँदी मावि अग्लुङ निल भएको हो ।  १० जना बिद्यार्थीले एसएलसी परिक्षा दिएको भएपनि दशै जना अनुत्तिर्ण हुँदा बिद्यालय निल भएको हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग