Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एस.एल.सीमा कम विद्यार्थी पास भएको भन्दै विद्यालयमा तालावन्दी

Published on 2:07:00 AM //

जनार्दन घिमिरे
गुल्मी २९ जेठ । प्रवेशिका परीक्षा एसएलसीमा कम विद्यार्थी उत्तीर्ण भएको भन्दै गुल्मी सिमीचौरको एक विद्यालयमा अभिभावकहरुले विद्यालयमा तालावन्दी गरेका छन् । सिमीचौर गाविसको भगवती माध्यमिक विद्यालयमा अभिभावकहरुले शिक्षकहरु प्रति असन्तुष्ठि जनाउँदै आज दिउँसो ताला वन्दी गरिदिएका हुन् । यस शैक्षिक सत्रमा विद्यालयवाट ६६ जना विद्यार्थीले एसएलसी परीक्षा दिएकोमा जम्मा ६ जना मात्र उत्तीर्ण भएको भन्दै उनीहरु आक्रोशित वनेका छन् ।
शिक्षकहरुले राम्रोसँग नपढाएका कारण एसएलसीमा यसरी विद्यार्थीहरु अनुत्तीर्ण भएको आक्रोशित समुहको आरोप रहेको छ । विद्यालयको पठनपाठनमा सुधार गर्नुपर्ने एवं शैक्षिक परिमाण विकासमा विद्यालयले विशेष जोड् दिनुपर्ने भन्दै उनीहरुले विद्यालय प्रशासनमा तालावन्दी गरेको विद्यालय व्यवस्थापन समितिका पुर्व सदस्य टोपलाल ज्ञवालीले जानकारी दिनुभयो । प्रशासनमा तालावन्दी भएपछि शिक्षण कार्य प्रभावित वनेको छ ।
गुल्मी जिल्लामा यस वर्ष चार हजार सात सय ५१ जना विद्यार्थीहरुले परिक्षा दिएकोमा कुल २१ सय ८८ जना उत्र्तीर्ण वनेका छन् । यस वर्षको परीक्षामा जिल्लाको रघुफेंदी माध्यमिक विद्यालय अग्लुङ्ले शून्य नतिजा प्राप्त गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लामा सामुदायीक द्यिालय तर्फ सवैभन्दा वढी विद्यार्थीहरु उत्तीर्ण गराउनेमा सदरमुकाम स्थित महेन्द्र उच्च माध्यमिक विद्यालय रहेको छ । उक्त विद्यालयले  ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल वनेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग