Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिदेशबाट फर्केर नेपालमै ब्यवसाय गर्दै (भिडियो रिपोर्ट)

Published on 3:54:00 PM //

गुल्मीका राजेन्द्र ज्ञवाली पाँच बर्ष अघीसम्म निराश थिए । स्वदेशमा भने जस्तो जागिर नपाएपछी बैदेशिक रोजगारीमा जानु बाध्यता जस्ताइ बन्यो उनका लागि । दलाललाई दुई लाख बुझाएर ईराक पुगेका ज्ञवाली चार बर्ष ईराकमा जोखिम मोल्दै बसे । बिदेशमा बस्दा बल्ल यिनलाई स्वदेशमा पनि लगानिका धेरै सम्भावना रहेछन भन्ने चेत खुल्यो । त्यसपछी यिनी स्वदेश फर्केर मध्य बानेश्वरमा रेस्टुरेन्टको ब्यवसाय गर्न थाले । अहिले यिनी आफु मात्र हैन, अन्य एक दर्जन युवालाई रोजगारी दिलाउन पनि सफल भएका छन ।
राजेन्द्र त एक प्रतिनिधि उदाहरण मात्र हुन । अहिले बैदेशिक रोजगारिबाट फर्केका धेरै नागरिकले आफुले बिदेशमा देखेको र भोगेको काम स्वदेशमा नै गरिरहेका छन । हेरौँ यसै सम्बन्धी कान्तिपुर टेलिभिजनले तयार पारेको भिडियो रिपोर्ट :  

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग