Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

म्यालपोखरी जिल्लामै पहिलो उज्यालो गाविस

Published on 2:59:00 PM //

टोपलाल अर्याल
गुल्मी, असार ९ । गुल्मीको पश्चिमी गाविस म्यालपोखरीलाई जिल्लामै पहिलो उज्यालो गाविस घोषण गरिएको छ । गाविसभित्र रहेका कूल ५ सय ७ घरधुरीमा नविकरणीय उर्जाको प्रयोग भएपछि गाविस उज्यालो गाविस भएको हो । यो बर्ष १ सय ६० घरधुरीमा सोलार जोडिएपछि गाविसलाई उज्यालो गाविस बनाईएको छ । अरु घरधुरीमा अघिल्लो बर्ष नै सोलार जोडिएको थियो ।
गाविसलाई एक भब्य कार्यक्रमको अवसरमा घरभित्रको वायुप्रदुषणमुक्त गाविस तथा जिल्लाकै १६ औँ खुल्ला दिसामुक्त गाविस पनि घोषण गरिएको छ । म्यालपोखरी गाविस जिल्लामै तेस्रो घरभित्रको वायु प्रदुषण मुक्त गाविस हो । जिविस गुल्मीको सहयोगमा गाविसका ११ जना महिला तथा पुरुषलाई वैशाख महिनामा चुलो बनाउने तालीम दिईएपछि अहिले घरघरमा सुधारिएको चुलो जडान भएको रेडा पाल्पाका गुल्मी संयोजक ज्ञान बहादुर महतराले बताउनुभयो ।
गाविसमा जेठ महिनाभर सुधारिएिको चुलो बनाउने लहर चलेको थियो । घरमा सुधारिएको चुलो प्रयोग भएपछि महिलाहरुको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव देखिन थालेको छ । गाविसलाई घरभित्रको धुँवा मुक्त वनाउनको लागी लालीगुरासँ महिला समूह म्यालपोखरीले बिशेष भूमिका निर्वाह गरेको समूहकी सचिव पार्वता कुँवरले जानकारी दिनुभयो । साथै उहाँले गृहणीहरुको स्वास्थ्यमा सुधार गर्नको लागी सकारात्मक काम गरेको भन्दै रेडा पाल्पालाई धन्याद समेत ज्ञापन गर्नुभएको छ । हिजो भएको समारोहको अवसरमा लाली गुराँस महिला समूहका पदाधिकारीहरु तथा गाविसका २४ जना ८४ बर्ष नाघेका बृद्धवृद्धालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान म्यालपोखरी शाखाको तर्फबाट विषेश साँस्कृतीक झलक प्रस्तुत गरिएको थियो । साथै कार्यक्रमको अवसरमाा बिभिन्न ¥याली सहित झाँकी पनि प्रस्तुत गरिएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग