Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सचेतना केन्द्रका संयोजकहरुको भ्रमण तथा अनुगमन

Published on 5:09:00 PM //

पि.एम.मगर
गुल्मी, असार १७ ।  स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम एलजीसिडीपी कार्यक्रम अन्तर्गत महिला अधिकार तथा सचेतना अभियान केन्द्रद्धारा सञ्चालित जिल्लाका विभिन्न ४ गाविसका नागरिक सचेतना केन्द्रका संयोजक तथा सहभागीहरुको भ्रमण, अनुगमन तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
मुसिकोट गाविस ६ मा रहेको गंगा प्राथमिक विद्यालमा सम्पन्न कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि केन्द्रकी अध्यक्ष विष्णुकुमारी सापकोटाले समाज परिवर्तन गर्नका लागि पाईलाहरु स्वयं आफुवाट शुरुवात गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । नेपाल महिला संघकी जिल्ला अध्यक्ष समेत रहनुभएकी सापकोटाले आगामी दिनहरुमा संस्थाले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने वताउभएको थियो । साथै उहाँले समाजका सम्पुर्ण सचेत युवा तथा वुद्धिजीवि वर्गहरु सधै समाज परिवर्तनको क्षेत्रमा लागिरहन आग्रह गर्नुभएको थियो । सोही कार्यक्रममा वडागाउँका सामाजिक परिचालक प्रकाश चालिसे, वामीकी सामाजिक परिचालक गंगा रायमाझी, कुर्घा गाविसकी सामाजिक परिचालक मेनुका शर्मा, अर्लाङ्गकोट गाविसका सामाजिक परिचालक भुमा गुरुङ्ग, मुसीकोटका सामाजिक परिचालक होमवहादुर सुनार लगायतले आ–आफ्ना नागरिक सचेतना केन्द्रहरुले गरेको कार्यको समिक्षा गर्दै यसले समाजमा महत्वपुर्ण र प्रभावकारी भुमिका खेलेको कुरा औँल्याएका थिए । त्यस्तै सहभागीहरुको तर्फवाट विजुला राना, जमुना सापकोटा, चुमा सुनार, कृष्णवहादुर विश्वकर्मा, अमृता विश्वकर्मा, गणेश गौतम लगायतले पनि यस कार्यक्रमले समाजमा सरसफाई, कृषी, पशुपालन, स्वास्थ्य शिक्षा, लैङ्गिक हिँसा, विभिन्न विकासका काममा सहयोग लगायतका पक्षमा सहयोग एवं जनचेतचना जगाउने जस्ता कार्यमा सहयोग गरेको वताउनुभएको थियो । सोही कार्यक्रममा १ सय भन्दा वढीको सहभागीता रहेको थियो । मुसीकोट गाविस वार्ड नं. ६ का वडा नागरिक मञ्चका संयोजक विष्णुवहादुर खत्रीको अध्यक्षता, सामाजिक परिचालक मेनुका शर्माको स्वागत मन्तव्य एवं. महिला वुद्धिजीवि सिता कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सोही अवसरमा आयोजना गरिएको वनभोज कार्यक्रममा सहभागीहरुले विभिन्न जनचेतनामुलक गीतहरु समेत प्रस्तुत गरेका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग