Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कृषि तालिम सम्पन्न

Published on 5:15:00 PM //

पि.एम.मगर
गुल्मी, असार १७ । कृषि सहकारी संस्था वामी गुल्मीको आयोजनामा सञ्चालित तीन दिने कृषि तालिमको आज एक कार्यक्रमका विच समापन गरिएको छ ।
तालिममा विभिन्न कृषी खेती संवन्धि ज्ञान, जैविक विषादी उत्पादन, यसको प्रयोग तथा असर, मौसमी तथा वेमौसमी तरकारी खेतीमा लाग्ने रोग तथा त्यसको पहिचान साथै फाईदाजनक किराको पहिचान लगायतका विषयमा अगुवा कृषकहरुलाई जानकारी गराईएको थियो । गाविसका १ देखि ९ वडासम्मका ५० जना कृषकहरुको तालिममा सहभागिता रहेको थियो । वामीमा पहिलो पटक सञ्चालन भएको कृषी तालिमको जिल्ला कृषी विकास कार्यालयले प्राविधिक सहयोग गरेको थियो ।
समापन कार्यक्रममा वोल्दै प्रमुख अतिथि निवर्तमान गाविस अध्यक्ष महेशवहादुर जिसीले गाविसका सवै जनता कृषीमा आधारित रहेपनि उचित ज्ञान र उत्पादनको व्यवस्थापनको अभावमा अगाडी वढ्न नसकेको वताउंदै यस तालिमले कृषकहरुलाई सहयोग पु¥याएको र आगामी दिनहरुमा यसको प्रभावकारीता आउनेमा आशा व्यक्त गर्नुभयो । साथै उहांले तालिमका सिकेको ज्ञानहरुलाई व्यवहारमा उतार्न समेत प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । सोही कार्यक्रममा अतिथिहरु एकीकृत नेकपा माओवादीका भुवन के.सी, नेकपा एमालेका गोपीकृष्ण खरेल, प्रशिक्षकहरु दधिराम ज्ञवाली र गंगासागर वराईले पनि तालिममा सिकेका ज्ञानको पुर्ण सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभएको थियो ।
प्रशिक्षार्थी गजाधर सापकोटा र रामचन्द्र श्रेष्ठले तालिम अत्यन्तै फलदायी भएको र यसले कृषी कार्यमा महत्वपुर्ण सहयोग पु¥याउने भन्दै कृषी क्षेत्रमा ती ज्ञानलाई व्यवहारिक रुपमै उतारेर लैजाने प्रतिवद्धता जनाउनुभएको थियो । संस्थाका उपाध्यक्ष प्रकाश काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव नारायण सापकोटाले गर्नुभएको वामिबाट सहकर्मी लोकप्रसाद छन्त्यालले बताउनुभएको छ । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग