Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कहाँ गए त गुल्मीका झन्डै १ लाख १३ हजार मतदाता ?

Published on 4:17:00 PM //

अनिल खत्री
गुल्मी, असार २६ । अघिल्लो संविधानसभाको निर्वाचनमा भन्दा यसपाली गुल्मीमा कम मतदाताको नामावली संकलन भएको छ । पहिलो संबिधानसभाको निर्वाचनमा २ लाख ६१ हजार ६ सय ६९ कुल मतदाता भएकोमा २०७० जेष्ठ मसान्त सम्म गुल्मी जिल्लामा कुल १ लाख ४८ हजार ६ सय ७८ मतदाताले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । यो संख्या अघिल्लो निर्वाचनमा धेरैले कम हो ।

जिल्ला निर्वाचन आयोगका प्रमुख डिल्लीराज बेल्वासेका अनुसार मतदाताको संख्या घट्नुमा करिव ३५ हजार युवा बैदेशिक रोजगारीमा जानु र पहिलो निर्वाचनमा भाग लिएकाहरु वसाईसराई गर्नु र अध्ययनका लागि जिल्ला बाहिर भएकाले उमेर पुगेकाहरुले पनि नाम दर्ता नगराएको हुनसक्ने बताउनुभयो । आयोगले असार मसान्त सम्म अझै २ हजार जनाले नाम दर्ता गर्ने विश्वास लिएको छ । अहिले दिनमा सरदर १ सय ५० भन्दा बढीले नाम दर्ता गराउने गरेका छन । आयोगले नाम दर्ता गर्न छुटेकाहरुलाई असार मसान्तभित्रै आयोगको कार्यालय र जिल्ला प्रसाशन कार्यालयमा नामदर्ता गरी  आफ्नो अधिकारको सुरक्षा गर्न समेत आग्रह गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग