Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१०० किलोवाट क्षमताको लघुजलविद्युत आयोजना ६ बर्षमा सम्पन्न

Published on 9:27:00 PM //

शान्ति छन्त्याल
बुर्तिवाङ, असार २४ । निसीखोला तेस्रो लघुजलविद्युत आयोजना निर्माण सुरु गरिएको ६ बर्षपछि सम्पन्न भएको छ ।
बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र तथा राष्ट्रिय ग्रामीण तथा नविकरणिय ऊर्जा कार्यक्रमको आर्थिक अनुदान एवं डिसीआरडिसी बागलुङको सामाजिक परिचालन र प्राविधिक सहयोगमा २०६५ देखि निर्माण सुरु गरी हालै सम्पन्न १०० किलोवाट क्षमताको उक्त आयोजनाको आईतवार सफल परीक्षण गरिएको छ । आयोजनाबाट निसी गाविसका वडा नं १,२,३,४,५ का गरी ८ सय १६ घरधुरी बासिन्दा लाभान्वित हुनेछन् । आयोजना सम्पन्न गर्न झण्डै ३ करोड लगानी भएको जनाईएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग