Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वाईसिएल ७ नम्वरको अधिवेशन सम्पन्न

Published on 4:20:00 PM //

प्रेम सुनार
असार २५, गुल्मी । एकिकृत नेकपा माओबादी गुल्मीको जनवर्गिय संगठन वाईसिएल ईलाका नम्वर ७ को अधिवेशन हिजो दुविचौरको रानीवासमा सम्पन्न भएको छ । अधिवेशनले निरज कार्कीको अध्यक्षतामा ९ सदसयीय वाईसियल ७ नम्वर ईलाका कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा विष्णु धुरेल, सचिव अनिल विश्वकर्मा, सह सचिव मोहन तङ्नामी, कोषाध्यक्ष ओमबहादुर सोमरेलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा जुद्धबहादुर धुरेल, कर्णबहादुर टण्डन, चन्द्रबहादुर बिश्वकर्मा, लगायत रहनु भएको छ ।
अबिधेशनमा वाईसिएल नेपालका केन्द्रिय सदस्य ज्ञानकुमार बुढा मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य यदु ज्ञवाली, वाईसिएलका जिल्ला अध्यक्ष नोखबहादुर पौड्याल लगायतले मन्तब्य राखेका थिए ।  ईलाकाका पुर्व अध्यक्ष रामु वि.क. अध्यक्षता रहेको कार्यक्रममा निरज कार्काीको स्वागत मन्तब्य र गिरीसिंह महाकिमको सञ्चालन रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग