Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अवरुद्ध सडक आंशिक रुपमा सञ्चालनमा

Published on 10:04:00 AM //

पि.एम.मगर
गुल्मी, साउन ५ । गत केही दिनदेखि अवरुद्ध वनेको गुल्मीको रिडी, रुद्रवेणी, वामीटक्सार सडक खण्ड शुक्रबारदेखि आंशिक रुपमा सञ्चालनमा आएको छ ।
जिल्ला विकास समितिको सक्रियतामा ग्वादी गाविसको तालखोला र विमी भन्ने स्थानमा गएको पहिरो हटाईएपछि अहिले रुपाकोट गाविसको सिस्नेसम्मको यातायात सुचारु भएको छ । शुक्रबार दिउँसो रुपाकोट गाविसको वार्ड नं. ४ सिस्ने भन्ने स्थानमा फेरी पहिरो खसेपछि त्यस भन्दा अगाडीका लागि भने यातायात सेवा रोकिएको छ । सोही पहिरोमा परि गुल्मी रुपाकोटकी सावित्रा माझी घाईते हुनुभएको छ ।
समयमै पहिरो नहटाउँदा असार महिनाको २६ गतेवाट सडक पुर्ण रुपमा अवरुद्ध वनेको थियो । आंशिक रुपमा भएपनि यातायात सुचारु भएपछि त्यस क्षेत्रका वासिन्दा निक्कै हर्षित वनेका छन् । त्यस्तै अविरल वर्षाका कारण जिल्लाका अन्य संपुर्ण कच्ची सडकहरु पनि अस्तव्यस्त वनेका छन् । सडकको विचविचमा पहिरोहरु खस्ने, पानी जमेर खाल्डाखुल्डी पर्ने, चिप्लिने जस्ता कारणले अस्तव्यस्त वनेका हुन । केही सडकहरुमा भने यातायात नै वन्द भएको छ । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग