Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सिँचाईको झण्डै ३० लाख फ्रिज

Published on 5:02:00 AM //

प्रेम सुनार
साउन ४, गुल्मी । सिँचाई सव-डिभिजन कार्यालय गुल्मीको झण्डै तिस लाख रुपैयाँ रकम फ्रिज गएको छ । समयमा काम हुन नसकेर २९ लाख ९३ हजार ६ सय ५६ रुपैयाँ फ्रिज गएको डिभिजन प्रमुख ईन्जिनियर रमेश पौड्यालले जानकारी दिनुभयो ।
गत वर्ष त्यस कार्यालयमा विनियोजित कुल १ करोड ९१ लख ८९ हजार रुपैयाँ मध्य १ करोड ६२ लाख ५ हजार ४३ रुपैयाँ खर्च भयो उहाँले भन्नु भयो बाँकी रकमको काम हुन सकेन । उहाँका अनुसार सवैभन्दा वढि रकम पाहदी फाँट सिचाई योजना ठुलोलुम्पेकमा फ्रिज भएको छ । त्यस योजनामा परेको २३ लाख मध्ये १६ लाख रुपैयाँ फ्रिज भएको छ । त्यस्तै जलश्रोत विकास (आईडब्लुआरएमपी ) कार्यक्रम अन्तरगतका तिन वटा योजना पाग्राको झाल घमिर, जौंको वारी ईस्मा रजस्थल, चौरासी सिँचाई योजना सहित तिन वटामा २ लाख ४६ हजार फ्रिज भएको छ ।
त्यस्तै नयाँ प्रविधी कार्यक्रम अन्तर्गत पौँदीअरेवा, कंके देउराली पुर्कोट दह , र खवडे खोला ईस्मा रजस्थल, लामडाँडा र सिजाली कहाले घमिरमा १ लाख ४० हजार  रुपैयाँ फ्रिज भएको छ । त्यस्तै मर्मत सम्भार कार्यक्रम अन्तरगत डिडुरे खोला लिम्घा, लुम्दी खोला, चित्तीम खोला दरवार देविस्थानर एक्लेसल्ला अर्जैमा ३० हजार ४ सय रुपैयाँ फ्रिज भएको छ । पाल्पा लगायतका जिल्लामा सिँचाई कार्यालयका लागि ५ करोड बढि रकम छुट्टीन्छ डिभिजन प्रमुख महेश पौड्यालले भन्नुभयो गुल्मीमा करिव २ करोड कम हो त्यही पनि फ्रिज जाने अवस्था छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग