Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेडियो रेसुङ्गा सुचना सेन्टर विस्तार अभियानमा

Published on 12:40:00 PM //

पि.एम.मगर
गुल्मी, साउन ०५ । गुल्मी जिल्लाको पहिलो रेडियो स्टेशन रेडियो रेसुङ्गा गुल्मीले विज्ञापन तथा सुचना सेन्टर कार्यालय विस्तार गर्ने अभियान शनिवारदेखि सुरु गरेको छ । शनिवार विहान सदरमुकाम तम्घासमा विज्ञापन संकलन केन्द्रको उद्घाटन गर्दै अभियानको सुरुवात गरेको हो । आम श्रोता तथा विज्ञापनदाताको माग र आवश्यकतालाई ध्यानमा राख्दै सेन्टरको विस्तार गर्ने अभियानको शुरुवात गरिएको रेडियोका कार्यकारी निर्देशक जनार्दन घिमिरेले वताउनुभयो ।
सदरमुकाम तमघासको जिल्ला हुलाक कार्यालय नजिकै योर च्वाईस कम्यूनिकेशन सेन्टरसँगै स्थापना गरिएको सेन्टरको एक कार्यक्रमका साथ प्रमुख अतिथि रेडियो रेसुङ्गाका कार्यवाहक अध्यक्ष श्रीप्रसाद भलामी र विशेष अतिथि प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले संयुक्त उद्घाटन गर्नुभएको हो । अभियानको सफलताको कामना गर्दै विशेष अतिथि प्रमुख जिल्ला अधिकारी ढकालले रेडियोले समाजमा पु¥याएको योगदानको प्रशंसा गर्दै अवका दिनहरुमा पनि विज्ञापनलाई मात्र नभई समाचार तथा सन्देशहरुलाई पनि संगसंगै लैजान आग्रह गर्नुभएको थियो । त्यस्तै प्रमुख अतिथि श्रीप्रसाद भलामीले रेडियो रेसुङ्गा प्राईभेट रेडियो भएतापनि नित्तान्त सामाजिक गतिविधीसँग नजिक रहेको र आफ्ना अभियानहरुलाई अगाडी वढाईरहेको वताउनुभयो ।
कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेय, नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष नवराज भुसाल लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सेन्टरका व्यवस्थापक जनक पन्थको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सम्पन्न रेडियोका समाचार प्रमुख पि.एम.सर्तुङ्गी मगरले गर्नुभएको थियो । रेडियोले निकट भविष्यमै गुल्मीको विरवास, वलेटक्सार, रिडी, जोहाङ्ग खैरेनी, मजुवा, भुवाचिदी, वामीटक्सार, सिमलटारी, पुर्कोटदह वजार लगायतका स्थानहरुमा पनि सेन्टरको विस्तार गर्दैछ । त्यस्तै रेडियो रेसुङ्गा प्रा लि र रेडियो रेसुङ्गा साथी समुह बलिथुम गुल्मीको समन्वयमा यही साउन १० गतेदेखि आधारभूत पत्रकारिता तथा रेडियो उद्घोषण तालिमको समेत आयोजना गरेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग