Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युवतीमाथि जबरजस्ती गर्ने प्रहरीलाई स्थानीयले समाते

Published on 12:51:00 PM //

गोरखा, साउन ०५ । जिल्ला सदरमुकाम गोरखाबाट १८ कोष उत्तरमा रहेको बारपाक प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रोशन सिंहलाई स्थानीय युवतीसँग अनैतिक क्रियाकलाप गर्दै गर्दा स्थानीयवासीले पक्रेर प्रहरीको जिम्मा लगाएका छन्।

सरुवाको रमाना लिएर जान लागेका सिंहले गएराति १० बजे हिमालय उमावि बारपाक नजिकै स्थानीय विवाहित एक युवतीलाई बोलाई जबरजस्ती यौन दुराचार गर्न खोजेको स्थानीय भीमप्रसाद गुरुङले बताए।

राति बोलाएपछि साथी लिएर गएकी युवतीलाई एक्लै एकछिन काम छ भनेर विद्यालयभित्र लगेको र जबरजस्ती लछारपछार गर्न थालेपछि युवती चिच्याएकीले गाउँका केटाहरु आएर प्रहरी जवानलाई लखेटेका स्थानीय समाजसेवी सुकबहादुर विकले बताए।

आफ्ना चेलीबेटीमाथि प्रहरीले गलत धारणा राखेको भन्दै स्थानीयवासीले पुरानो हेल्थपोष्टमा रहेको प्रहरी चौकीमा नाराबाजी गरेका थिए।

घटनापछि प्रहरी निरीक्षक खुमबहादुर भुसालको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ गएको गोरखाका प्रहरी नायब उपरीक्षक वसन्त कुँवरले जानकारी दिए। प्रहरी जवानले अनैतिककार्य गरेको पाइएमा कारबाही गर्ने उनले बताए। रासस



भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग