Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा नयाँ सिडिओ आए, पत्रकारका गुनासै गुनासा

Published on 2:53:00 AM //

शिबलाल सुबेदी
गुल्मी, २७ असार । गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिल्लामा क्रियाशिल पत्रकारहरुले गुनासै गुनासा राखेका छन । भर्खर मात्र गुल्मी जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर आउनुभएका कमल ढकाल समक्ष जिल्लामा क्रियाशिल पत्रकारहरुले गुनासै गुनासा गरेका हुन । गुल्मी जिल्लाको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेर पहिलो पटक प्रमुख जिल्ला अधिकारीले गरेको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले जिल्लामा हुने अनियमितता, भष्टाचार, लगायतका बिभिन्न बिषयमा गुनासा राखेका हुन ।
जिल्लामा पत्रकारहरुले विकास निर्माण लगायत बिभिन्न सरकारी कार्यलयमा हुने गरेका अनियमितता, ढिलासुस्ती लगायतका बिषयमा पटक पटक समाचारहरु उठाएपनि त्यसको कुनै पनि कारवाही नभएकाले आउँदो दिनमा त्यस्तो नहोस भन्दै प्रमुख जिल्ला अधिकारी कमल ढकालको ध्यानाकर्षण समेत गराएका थिए । साथै गुल्मी जिल्लामा काम गर्ने क्रममा कुनै समस्याहरु नभएको जानकारी गराएका थिए । पछिल्लो समयमा जिल्लामा बिभिन्न विकास निमार्णका काममा भष्टाचार तथा अनियमितता बढीरहेको भन्दै पत्रकारहरुले भष्टाचार तथा अनियमितता गर्नेलाई कारवाही गर्न अनुरोध समेत गरेका छन ।
भेटघाटमा पत्रकारहरुका गुनासाका बारेमा आफु गुल्मीमा प्रमुख जिल्ला अधिकारी भएर रहदाँ सम्म सुशासन, सरकारी कार्यलयहरुमा हुने ढिलासुस्ती, समयमै कर्मचारीहरु कार्यालय नजाने, बजार अनुगमन लगायत विकास निर्माणका कामहरुमा कुनै त्यस्तो समस्या उत्पन्न हुन नदिने बताउनुभएको थियो । "मलाई तपाईहरु सबैको सहयोग र सुझावको आवश्यकता पर्छ, तपाँईका सुझाव र सहयोग अनुसार जिल्लाको काम गर्नेछु" प्रमुख जिल्ला अधिकारी ढकालले पत्रकारहरुको भेटघाटमा भन्नुभयो । पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासघं गुल्मीका अध्यक्ष घनश्याम गौतम, प्रेस युनियनका केन्द्रिय सदस्य जनार्दन घिमीरे, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गगनशीला खड्का, प्रेस चौतारी जिल्ला सचिब शिबलाल सुबेदी,  क्रान्तिकारी पत्रकार सघंका केन्द्रिय सम्मेलन सदस्य प्रेम सुनार लगायत जिल्लामा क्रियाशिल सम्पुर्ण पत्रकारहरुको उपस्थिती रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग