Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विपन्न एवं गरिव समुदायलाई वाख्रा वितरण

Published on 7:30:00 PM //

पि.एम.मगर
गुल्मी, असार २६ । गुल्मीको दुविचौर गाविसमा गरिव एवं विपन्न आदिवासी जनजाति तथा दलित समुदायका सदस्यहरुलाई उन्नत जातको वाख्रा वितरण गरिएको छ । वाख्रा पालन व्यवसायवाट गाविसका गरिव एवं विपन्न आदिवासी जनजाति तथा दलित समुदायका ती व्याक्तिहरुको आर्थिक उन्नति तथा जिवनस्तर विकास गर्ने उद्धेष्यका साथ वाख्राहरु वितरण गरिएको हो । गाविसको १ लाख रुपैयाँको लागतमा वार्ड नं. १, २, ६ र ७ का ३८ जनालाई वाख्रा वितरण गरिएको गाविस सचिव श्याम पाण्डेले जानकारी दिनुभयो । सोही अवसरमा वाख्रा प्राप्त गर्ने कृषकहरुलाई पशु सेवा कार्यालय चारपालाका प्राविधिक उजेली पोखरेलले वाख्रा पालन संवन्धी प्रशिक्षण दिनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग