Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा ब्याबसायिक घिउकुमारी खेति सुरु

Published on 4:53:00 PM //

राम प्रसाद पान्डेय
धुर्कोट, असार २५ । गुल्मीको धुर्कोट वस्तु गाविसमा ब्याबसायिक रुपमा घिउकुमारी खेति सुरु गरीएको छ । गुल्मी जिल्लालाइ केहि नया काम गरि छुट्टै पहिचानका रुपमा चिनाउने उदेश्यका साथ गुल्मी उद्योग बार्णिज्य संघका निबर्तमान अध्यक्ष कृण्ण प्रसाद भण्डारी, बार्णिज्य संघकै सचिव बिरेन्द्र भुसाल,बार्णिज्य संघका पुर्व सदस्य तथा व्यापारी गीरीराज रेग्मी, जन बिकास केन्द्र गुल्मीका संचालक हरि प्रसाद घिमिरे, व्यापारी राम प्रसाद पान्डेय र स्थानिय सुरेश शर्मा, जनारजन शर्मा लगायतका व्याक्तिको संयुक्त लगानीमा गुल्मी जिल्लामै पहिलो पटक व्याबसायीक रुपमा फलफूल तथा एलोभेरा (घिउकुमारी) खेति सुरु गरिएको छ।

गुल्मी जिल्लाको धुर्कोट बस्तु गा.बि.स.को चिल्लिखोला स्थित ३० रोपनी जग्गा भाडामा लिएर परिक्षणकै लागि ६००० एलोभेरा (घिउकुमारी) अनि १०५ अनारको बोट र १२५ कागतीको बिरुबा समेत लगाएइको छ।
यस खेतिलाइ बिस्तार गरि गुल्मी जिल्ला भरिनै व्यापक र बिस्तार गरि गाउँमा बाँझिदै गएका जग्गाहरुको सदुपयोग गरि युवाहरु बिदेशिने क्रमलाइ केहि हदसम्म कम गर्ने उदेश्य लिइएको छ।
बिश्व एलोसाइन्सबाट प्रमाणीत यस एलोभेरा (घिउकुमारी) मा २०० भन्दा बढि जैविक तत्वले भरिपुर्ण गुण हुने हुँदा यसलाइ जिवनको लागि अमृत पनि भनिएको छ । यसबाट बिभिन्न रोग निबारणका औषधिहरु बन्नुका साथै बिभिन्न किसिमका सौन्दर्यका सामाग्रीहरु जस्तै क्रिम, साबुन, सेम्फु, जेल आदी बन्ने गर्दछन् ।
हाल यो खेतिको व्यापक बिस्तार चितवनमा भइरहेको छ र यसलाई पाम एग्रोटेक एण्ड बायो इनर्जी नेपाल प्रा.लि.ले व्यापक र बिस्तार गरिरहेको छ ।
यस खेतिको लागि गुल्मी जिल्लामा पनि व्यापक संभाबना रहेको र यँहाको माटो र भौगोलिक अबस्था पनि अनुकुल रहेको पाम कंम्पनिका कृषि बिशेषज्ञ ऋषी अधीकारिले बताउनु भएको छ । एक बर्ष भित्रमा गुल्मी जिल्लामै प्रशोधन पलान्ट राख्ने सहमतिमा गुल्मी जिल्लामा यो खेतिको व्यापक र बिस्तार गर्ने योजनाका साथ एलोभेराको खेति सुरु गरिएको हो । निकट भबिष्यमा स्टेभिया (चिनिझारं) भुँईकटहर र मत्स्यपालनको समेत योजना रहेको बताइएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग