Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिरोले सदरमुकामदेखि पश्चिम छुट्ने सवारी साधनहरु ठप्प

Published on 10:37:00 PM //

पि.एम.मगर
गुल्मी, असार २६ । लगातार परिरहेको वर्षासँगै सडकमा पहिरो खसेपछि गुल्मीको सदरमुकाम तम्घास आउने पश्चिम क्षेत्रका सवारी साधनहरु विच वाटोमै रोकिएका छन् । अर्खले गाविसको सेउघादेखि तम्घास जोड्ने सडकमा राँगेढुङ्गा नजिकै माथिवाट पहिरो खसेपछि सडक अवरुद्ध वनेको छ ।
सडक अवरुद्ध हुँदा पश्चिमतर्फवाट सदरमुकाम आउने दर्जनौ गाडीहरु सडकमा रोकिएका छन् भने यात्रुहरु विच वाटोमै अलपत्र वनेका छन् कोही पैदल हिँडी सदरमुकाम आउन वाध्य वनेका छन् । अहिले गाडी व्यवसायीहरुले सडकको पहिरो हटाउने प्रयास गरिरहे पनि पानी परिरहेको र पहिरो पनि झरिरहेकाले समस्या भएको वताएका छन् । यता पहिरो हटाउन सम्वन्धित निकायले कुनै चाँसो निदिएको गाडी व्यवसायी तथा यात्रुहरुले गुनासो गरेको सोही स्थानमा पुग्नुभएका पत्रकार प्रेम सुनारले जानकारी दिनुभयो । पहिरो हटाउने काम भईरहेको र अहिलेसम्म सडक सञ्चालन नभएको वाताईएको छ ।
लगातारको वर्षातले ग्रामिण क्षेत्रका अधिकांश कच्ची सडकहरुमा नियमित रुपमा यातायतका साधन सञ्चालनमा आउन सकेका छैनन् । वर्षातले सडक भत्किने, भेलले वाटो खोल्ने तथा पहिरोले सडक पुर्ने गरेका कारण गाडी नियमित सञ्चालन हुन नसकेका हुन । त्यस्तै सडकको विचमा पर्ने खोलाहरु वढेपछि पनि पक्की पुल नभएका क्षेत्रमा सवारी चल्न सक्दैनन । उता रिडी रुद्रवेणी सडक पनि पहिरोका कारण अवरुद्ध वनेको छ । सडक अवरुद्ध हुँदा रिडी रुद्रवेणी हुदै चल्ने सवारी साधन ठप्प छन् भने यात्रुलाई सास्ती भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग