Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चारतारेमा टिका कुवँर

Published on 8:17:00 PM //

पि.एम.मगर
गुल्मी, असार १७ गते । चारतारे युवा क्लब जिल्ला शाखा गुल्मी अन्तर्गत शाखा स्तरीय सञ्जालको गठन प्रकृया सम्पन्न भएको छ । सदरमुकाम तम्घासमा सम्पन्न भएको भेलाले महानिर्देशकमा टिका कुवँर निर्बिरोध चयन गर्दैै सञ्जालको गठन गरेको छ ।
सञ्जालको उप निर्देशकमा अन्जु पन्थी, महासचिवमा रमा तिमिल्सीना, सचिवमा सिता बिक, कोषाध्यक्षमा मोतीकला केसी सदस्यमा राधा ज्ञवाली, छमकला बस्नेत, बिष्णु श्रेष्ठ, साबित्रा सारु लगाएतका अन्य सदस्य रहुनभएको छ । लघुवित्त प्रबक्तामा पार्वती गौतम चयन हुनुभएको छ । भेलामा लघुबित्त कार्यक्रमको गुणस्तर र बित्तिय सेवाको पहुच नपुगेको बडा तथा गाबिसमा बित्तिय सेवाको पहुचमार्फत महिलालाई सशक्तिकरण बनाउन र आय आर्जनको स्तरलाई माथि उकास्न सहयोग गर्न शाखा प्रबन्धक रमा तिमिल्सीनाले अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा १४ गाबिसका गाबिस स्तरीय महानिर्देशकको उपस्थिति रहेको थियो । चारतारे युवा क्लबले महिलालाई बचत गर्ने बानीको बिकाससंगै आर्थिक सशक्तिकरणका लागि लघुबित्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग