Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्काईप भिडियोबाट छोराको न्वारान

Published on 5:41:00 PM //

गीता मणी पाण्डे
युएई, जुलाई १ । हालैका दिनहरुमा मानिसको हरेक क्रियाकलापको लागि इन्टरनेटको व्यापक प्रयोग भएको कुराहरु त सर्वविदितै छ । आफन्तहरुलाई समाचार पठाउन, भौगोलिक रुपमा टाढा-टाढा भएका आफन्तहरुसँग कुराकानी गर्न, अनि आफूले चाहेको कुराको क्षणभरमै जानकारी लिन । यी त भए साधारण इन्टरनेट इमेल प्रयोग गरी गरिने कुराहरु । तर दुवईको युएईमा एक जना नेपालीले इन्टरनेटको प्रयोग गरी स्काईप भिडियोबाट छोराको न्वारान गराएका छन् ।
नेपालमा भएका पण्डित हुत्तराजले स्काईप भिडियोबाट पूजा गराउँदै युएईमा बस्दै आएका दिलिप ज्ञवाली र शारदा पराजुलीको छोराको न्वारान गरी नाम राखिदिएका छन् ।
गुल्मी जिल्ला ग्वादी स्थायी घर भएका दिलिप ज्ञवाली र शारदा पराजुली रोजगारीको शिलशिलामा युएईको दुवईमा बस्दै आएका थिए । उनीहरुको कोखबाट जन्मेका छोराको हिन्दु धर्म अनुसार ११ दिनमा न्वारान गरी नाम राख्नको लागि इन्टरनेटको स्काईप भिडियोलाई प्रयोग गरेका हुन् । बच्चाको नाम दिव्यस ज्ञवाली राखिएको छ ।
ईन्टरनेटको विकासले गर्दा संसारको जुनसुकै ठाउँमा बसेर पनि शुभ कार्यहरु गर्न सकिने कुरा दिलिप ज्ञवालीले बताए । उक्त कार्य देखेर उपस्थित सबै दंग परेका थिए भने आगामी दिनमा विदेशमा रहेका नेपालीहरुलाई आफ्नो परम्परा अनुसार कार्य गर्न सजिलो भएको कुरा उपस्थितहरुले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग