Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पानीघट्टको आम्दानीबाट पारिवारको गुजारा चलाऊँदै पन्थी

Published on 9:19:00 PM //

पि.एम.मगर
गुल्मी, असार १७ । गुल्मीको घमिर गाविस वार्ड नं. २ निवासी भिमकान्त पन्थीले लोपोन्मुख अवस्थामा रहेको पानीघट्टा सञ्चालन गरी राम्रो आम्दानी गरिरहनुभएको छ ।
पन्थीले विगत ३ वर्षदेखि नै नियमित रुपमा उक्त लोप हुन लागेको पानी घट्टा सञ्चालन गरी आम्दानी गर्दै आउनुभएको हो । पानीघट्टको संरक्षण मात्र नभई मासिक रुपमा पन्थीले ४ हजार पांच सय रुपैयां भन्दा वढी आम्दानी लिन सकेको वताउनुभयो । जिल्लाको पश्चिम क्षेत्र मरभुङ्ग, घमिर लगायतका क्षेत्रका २ सय भन्दा वढी घरपरिवारहरु त्यस पानीघट्टावाट लाभाम्वित वनेका छन् । खेर गईरहेको पानीको सदुपयोग हुनुको साथै स्थानीय जनताले सोही पानीघट्टावाट कुटानी पिसानी गर्दै आईरहेका छन् । पानी घट्टावाट राम्रोसंग घर खर्च चलाउन र  छोराछोरीलाई पढाउन निक्कै सजिलो भएको पन्थीले वताउनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग