Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाग्लुङमा २ सय २६ जना एच.आई.भि. संक्रमित

Published on 2:12:00 AM //

कविता घर्ती मगर
बागलुङ जिल्लामा २ सय २६ जना एच.आई.भि. संक्रमितहरु रहेको जिल्ला स्वास्थ्य कार्यालय बगालुङले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा ९९ जना पुरुष ९७ जना महिलामा एच.आई.भिको सङ्क्रमण रहेको धौलागिरी अंचल अस्पतालका मेडिकल सुपरिटेडन डा. तरुण पौडेलले बताउनुभएको हो ।
पौडेलका अनुसार जिल्ला स्वास्थ्य कार्यालय बागलुङ र जिल्ला एड्स समन्वय समिति बागलुङको आयोजनामा बागलुङमा भएको बार्षिक समिक्षा बैठकका अवसरमा जिल्लामा १६ वर्ष मुनिका बालक २०, बालिका १० गरि ३० जना बालबालिक एचआईभिको संक्रमणमा रहेका छन् । जिल्लामा ५० जना पुरुष, ५२ जना महिला, ५ जना बालक र १ जना बालिका गरी जम्मा १०८ जनाले ए.आर.भि औषधि खाईरहको जनाईएको छ ।

 हाल धौलागिरी अंचल अस्पताल बागलुङ, हरिचौर भिसिटि सेन्टर हरिचौर र कुश्मिसेरा भिसिटि सेन्टर कुश्मिसेरा बागलुङमा एच.आई.भि. परिक्षण तथा परामर्श सेवा उपलब्ध गराईदै आएको  जिल्ला एड्स समन्वय समतिका संयोजक प्रदिप जि.सि.ले बताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग