Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुंगामा एक महिने धार्मिक मेला शुरु

Published on 2:15:00 AM //

सीता भण्डारी
गुल्मी, ३१ असार– धार्मिक पर्यटकीय स्थल रेसुंगा क्षेत्रमा आज मंगलवार देखि एक महिने धार्मिक मेला शुरु हुँदैछ । ऐतिहासिक तथा धार्मिक तपोभूमि रेसुंगा क्षेत्रमा रहेको पोखरीमा साउन महिनामा स्नान गरेमा सम्पूर्ण पापहरु नष्ट भई पुण्य लाभ प्राप्त हुने जन विश्वास रहेकाले साउन महिना भर पोखरीमा स्नान गर्ने र विभिन्न मठ मन्दिरमा पुगेर पुजा गर्ने परम्परा छ । त्यस्तै रेसुंगा पोखरीमा तिन धामहरुबाट ल्याएको पानी राखिने भएकाले यस पोखरीमा स्नान गरेपछि अन्य चार धाम पुग्नु नपर्ने जन विश्वास पनि छ । समुन्द्री सतह देखि २ हजार ३ सय ४९ मिटर उचाईमा रहेको रेसुंगा क्षेत्रमा हरेक वर्ष साउन महिनाभर धार्मिक मेला लाग्ने गर्दछ ।
मेलामा गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, रुपन्देही, बाग्लुङ्ग र भारतका विभिन्न स्थानहरुबाट धर्मालम्बीहरु साउन महिनाभर आउने रुरु रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिले जनाएको छ । रेसुंगा क्षेत्रको विकासका लागि क्रियाशिल रेसुंगा संरक्षण समितिले पनि यस वर्ष रेसुंगा क्षेत्रमै विविध धार्मिक कार्यक्रमहरु आयोजना गरेको उपाध्यक्ष युवराज भण्डारीले बताए । त्यस्तै साउने औंशीमा भजन किर्तन सहित विविध कार्यक्रहरु पनि हुने गर्दछ । रेसुंगा पोखरीमा स्नान गर्न र यज्ञशालामा पुजाआजा गर्नका लागि मंगलवार देखि नै रेसुंगामा धर्मालम्बीहरुको भिड लाग्ने गर्दछ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग