Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अवरुद्ध खानेपानी योजना अझै सञ्चालनमा आएन

Published on 2:20:00 AM //

पि.एम.मगर
गुल्मी, असार १७ । करिव १ महिनादेखि अवरुद्ध गुल्मी मरभुङ्गको एक खानेपानी योजना अझै सञ्चालनमा आउन नसक्दा स्थानीय उपभोक्ता प्रभावित वनेका छन् । मरभुङ्ग गाविसमा रहेको प्याजगाडे खानेपानी योजना लगातारको वर्षाको भेलले पुरिदिने गरेकाले योजना अझै सञ्चालनमा आउन नसकेको सहकर्मी दुर्गावहादुर खड्का बताउनुभएको छ ।
योजना अवरुद्ध हुँदा सो गाविसको वार्ड नं. ७ र ८ का करिव १ सय ४३ घरधुरीका उपभोक्ताहरु प्रभावित वनेका छन् । अवरुद्ध खानेपानी योजना सञ्चालन गर्ने कार्य चलिरहेको खानेपानी उपभोक्ता समितिका सचिव वोमवहादुर पौडेलले वताउनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग