Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटना, सात जना घाइते

Published on 4:02:00 AM //

अर्घाखाँची, १८ असार । अर्घाखाँचीको नुवाकोट गाविसमा जिप दुर्घटना हुदाँ सात जना घाइते भएका छन । जिल्लाको खिल्जीबाट सन्धिखर्कका लागि छुटेको लु १ ज  ११८४ नम्बरको जीप नुवाकोटको छेडामा दुर्घटना हुदा सात जना घाइते भएका हुन । घाइते हुनेहरुमा नुवाकोटका भुवानन्द पन्थी,कृष्ण जिसी, लेखनाथ थापा,श्यामकुमारी श्रेष्ठ, उत्तम शारु, खिज्जीका मिना नेपाली र  सिता गैरै रहेका छन। र्घातेहरुको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ । वर्षातको समयमा सडक चिप्लो भएकोले दुर्घटना भएको स्थानियले  बताएका छन् । जिप सडकबाट करिव ५० मिटर तल खसेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग