Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वामीको लिफ्टिङ्ग खानेपानी परियोजना स्थगित

Published on 11:57:00 PM //

पि.एम.मगर
गुल्मी, असार १७ गते । गुल्मीको वामीटक्सारमा सञ्चालन गरिने भनिएको परोपकार वाटर लिफ्टिङ्ग परियोजना अहिलेलाई स्थगित गरिएको छ । परियोजना सम्पन्न गर्नका लागि विभिन्न माध्यमवाट खर्च आँकलन गरिएपनि त्यसले पुरा हुन नसक्ने भएपछि अहिलेलाई परियोजनाको काम स्थगित गरिएको वताईएको छ ।
करिव १ करोड ६९ लाख रकम लाग्ने उक्त परियोजना सम्पन्न गर्नका लागि १ सय ५० घरधुरीले प्रतिधारा ३० हजारका दरले तीन किस्तामा रकम वुझाउनुपर्ने साथै १ सय रुपैयाँका सेयर माग गर्ने योजना वनाईएपनि आर्थिक अवस्थाले नधान्ने भएपछि लिफ्टिङ्ग परियोजना स्थगित गरिएको परियोजनाका डाईरेक्टर धर्मेन्द्र कुमार मल्ल र अग्नीधर अर्यालले वताउनुभयो । वामी गाविसमा आउने भनिएको भेटेनरी सेन्टरलाई स्थगित गरी उक्त परियोजनाको माग गरिएको थियो । भेटेनरी सेन्टरलाई स्थगित गरिएको प्रति सो क्षेत्रका कृषकहरुले भने आपत्ती जनाएको वामीबाट सहकर्मी लोकप्रसाद छन्त्यालले बताउनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग