Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्लाका अधिकांश ग्रामिण सडक जोखिमपुर्ण

Published on 12:30:00 AM //

पि.एम.मगर
गुल्मी, साउन ०६ गते । गुल्मी जिल्लाका अधिकांश ग्रामिण सडकहरु यतिवेला जोखिमपुर्ण बन्दै गएका छन् । प्राय सवै गाविसहरुमा कच्ची मोटरवाटो पुगेता पनि ती वाटोहरु लगातारको वर्षातका कारण जोखिम बनेका हुन ।
अधिकांश वाटोहरुमा तोकिए वमोजिमको चौडा, मोड तथा ग्रेड मिलेका छैनन त्यसमाथि पनि पहिरो खस्ने तथा खाल्डाखुल्डी वन्ने गरेका कारण झन जोखिम थपिदै गएको छ । राजनीतिक दल तथा उपभोक्ता समितिद्धारा कसरी वजेट सक्ने भनि हतार हतार गरी खनिएका वाटोहरुमा जव वर्षात शुरु हुन्छ तव डोजर तथा स्काभेटर प्रयोग गरी धमाधम वाटो खन्दा पनि यस्तो समस्या आएको हो ।
उता इन्जिनियर तथा प्राविधिकहरुका अनुसार प्राविधिक रुपमा पास नभएका मोटरवाटोहरुमा पनि यातायात व्यवसायीद्धारा जीप, ट्याक्टर लगायतका यातायातका साधनहरु सञ्चालन गरिरहेका छन् । उनीहरुका अनुसार सामान्य जीप सञ्चालनका लागि खनिएका सडकमा भरिभराउ यात्रुहरु राखेर जीप, वस, ट्रक, ट्याक्टर चलिरहेकै कारण पनि थप दुर्घटना निम्तिने गरेका छन् । कुनै पुर्वाधार विना डोजर स्काभेटर लगाएकै कारण सामान्य वर्षा हुँदा समेत सडकको तल माथि पहिरो खसेपछि अधिकाँश सडकहरु अझैसम्म अवरुद्ध छन् ।
कतै ठुल्ठुला खाल्डा परेर यातायात सञ्चालनमा समस्यामा परेको छ भने कतै पहिरो गएर वाटो छेकिँदा यातायातमा समस्या छ । जिल्लाका अत्यन्तै व्यस्त सडक रिडी रुद्रवेणी, वामीटक्सार, तमघास–सिमलटारी, धुर्कोट–हाडहाडे ठुलोपोखरा, घमिर अर्खवाङ्ग गँगरे लगायतका ठुप्रै सडकमा यतिवेला यात्रुहरु जोखिमपुर्ण यात्रा गर्न वाध्य छन् ।
यात्रुहरु भनेको समयमा आफ्नो गन्तव्य स्थानमा पुग्न सकेका छैनन भने यतिवेला वाटोको समस्या देखाउँदै व्यवसायीहरुले पनि मनपरी भाडा उठाएको यात्रुहरुको गुनासो छ । यो सवै दोष वाटो खरावीको कारण हो । यसतर्फ संवन्धित कार्यालयका समयमै ध्यान पुग्नु जरुरी रहेको उपभोक्ताहरुको भनाई छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग