Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस वर्ष जिबिसको २ करोड ३४ लाख रकम फ्रिज

Published on 12:33:00 AM //

अप्डेट: एलडियोबाट गलत सुचना

जिल्ल्ला विकास समितिको फ्रिज रकम कम देखाउन स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले यस अघि गलत सुचना दिएको खुलसा भएको छ । यस अघि सञ्चारकर्मीसंग उनले त्यस कार्यालयबाट जम्मा २ करोड ३४ लाख मात्रै रकम फ्रिज भएको बताका थिए । तर अहिले को.ले नि.का.ले दिएको फ्रिज रकम विवरणबाट यस्तो खुलसा भएको हो । यसले जिल्ला विकास समितिमा कुल ३ करोड १० लाख ३० हजार रुपैयाँ फ्रिज भएको स्पष्ट पारेको छ । यसबाट स्थानिय विकास अधिकारीले ७५ लाख रुपैया भन्दा बढि फ्रिज रकम कम देखाउनका लागि गलत विवरण दिएको देखिन्छ । स्मरण रहोस उनले दिएको विवरण सहित २ करोड ३४ लाख मात्रै रकम फ्रिज भएको समचार यसअघी गुल्मीन्युज डट कम सहित विभिन्न सञ्चार माध्यममा आई सकेको छ ।

अनिल खत्री
गुल्मी, साउन ६ । जिल्लामा कामका लागि आएको २ करोड भन्दा बढी रकम काम नगरेर फ्रिज भएको छ । विभीन्न सडक निर्माणको लागि आएको धेरै रकम फ्रिज गएको हो । गुल्मी जिल्ला विकास समितीले दिएको जानकारी अनुसार जिल्लाको कुल बजेटको ६ दशमलव ४४ प्रतिशत फ्रिज भएको हो ।
जिल्लाको विकासका लागि आएको कुल बजेट ६३ करोड ३८ लाख मध्ये ६० करोड ६२ लाख खर्च भएको र २ करोड ३४ लाख फ्रिज भएको छ । मोटरबाटो, डम्पिङ्गसाईट लागायतका शिर्षकमा आएको उक्त रकम फ्रिज भएको हो । फ्रिज भएको रकममध्ये जिल्ल्लाका विभीन्न ठाउँमा सडक निर्माणका लागी आएको आरएआईडिपीको २ करोड तीन लाख, तम्घासमा डम्पिङ्गसाईट निर्माणका लागि आएको १५ लाख र विभीन्न मोटरबाटोको १५ लाख फ्रिज भएको स्थानिय विकाश अधिकारी हरी प्रसाद ज्ञवालीले बताउनुभयो ।
सडकहरुमा जोहाङ्ग-जुनिया-भार्से सडकको १ लाख ५० हजार, क्वाङ्गदी-हरेवा-ग्वाघा मोटरबाटोको ५० हजार, पूर्तिघाट-घुमाउने मोटरबाटोको २ लाख, घुमाउने-ग्वाघा-तोलाकोट मोटरबाटोको २ ,तल्लाफाँट-आँपचौर शान्तिपुर मोटरबाटोको  १ लाख ५० हजार, गौशाला रातामाटा मजुवा सडकको २ लाख, सेउघा सिमाहाघाट पूर्कोटदह १ लाख ५० हजार फ्रिज भएको जिल्ला विकाश समितीले जनाएको छ ।
आरएआईडिपीको जिल्लाबाट माग गरेभन्दा बढी रकम आएकोले फ्रिज भएको र अरु सडक तथा सरसफाईको काम गर्न नसकेकोले फ्रिज भएको जिविसले जनाएको छ । यस बाहेक सामाजिक सुरक्षा भत्ता बापतको जिल्लामा बढी आएको ४२ लाख रुपया रकम पहिला नै फिर्ता पठाइएको जिल्ला बिकास समितीले जानकारी दिएको छ । फ्रिज भएको यो रकम अरु जिल्लाको तुलनामा निकै कम भएको स्थानिय विकास अधिकारी ज्ञवालीले बताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग